सद्भाव बढाउन जेसीजको तराई यात्रा

चितवन, २१ माघ  । तराई– मधेसमा लामो समयदेखि चलेको आन्दोलनले देशको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्र प्रभावित बनिरहेका वेला  नेपाल जेसीजले सद्भाव बढाउन अभियान सञ्चालन गरेको छ ।images जेसीजले “समृद्ध राष्ट्र निर्माणका लागि संवाद र सहकार्य राष्ट्रव्यापी अभियान २०७२” नाराका साथ अभियान सञ्चालन गरेको हो ।

अभियानका क्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगतवहादुर पोखरेलको नेतृत्वमा पदाधिकारी सहितको टोली तराईका जिल्लाहरुको भ्रमणमा निस्किएको छ । माघ २० गतेवाट पश्चिमको धनगढी वाट शुरु भएको अभियान माघ २४ गते पूर्वको  विराटनगरमा पुगेर समापन हुनेछ ।

यसैक्रममा विहीवार टोलीलाई भरतपुरमा स्वागत गरियो । नारायणगढ जेसीजको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय अध्यक्ष पोखरेलले देश संकटमा परेका वेला सद्भाव कायम गर्न र अव समृद्धिको दिशामा अघि बढ्नुपर्ने संदेश छर्न तराईका जिल्लाहरुमा भ्रमण गरिएको बताउनुभयो ।

उहांले बन्द हड्ताल र नाकावन्दीले आक्रान्त देशमा गैर राजनीतिक संस्थाहरुले समन्वयकारी भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिदैं त्यसको शुरुवात जेसीजले गरेको उल्लेख गर्नुभयो ।

वार्ता र संवादको माध्यामवाटै समस्याको निकास खोज्नुपर्ने पोखरेलको भनाई छ ।

कार्यक्रममा जेसी आई सिनेटर सुदीपसिंह अधिकारीले हिमाल पाहाड र तराईका सवैजनताका विच सद्भाव कायम गराई राष्ट्रियताको जगेर्ना गर्नु आजको प्रमुख आवश्यक्ता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष भेषजा काफ्ले, महासचिव बिष्णु वराल, नारायण जेसीजका अध्यक्ष गोपाल भट्टराई, महासचिव अर्जुन अधिकारी लगायतले मन्तव्य राख्नुभयो ।

धनगढी, नेपालगञ्ज र  वुटवलमा स्थलगत अन्तरक्रिया गरिसकेको भ्रमण टोलीले अव वीरगंज, मलंगवा, जनकपुर, लाहान, राजविराज र विराटनगरमा कार्यक्रम गर्ने तय गरेको छ ।

Leave a Reply

Your email address will not be published.