राष्ट्रपति रनिङ शिल्ड फागुन २ गतेबाट

चितवन, २१ माघ । यस पटकको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता चितवनमा फागुन २ गतेबाट सुरु हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला शिक्षा कार्यालय चितवनको समन्वयमा हरेक वर्ष सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा यस पटक पनि भलिबल,  कबड्डी, उसु, कराँते, तेक्वान्दो र एथलेटिक्सका विभिन्न इभेन्टमा करिब १ सय विद्यालयबाट ३ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए । प्रतियोगिता १६ गते सम्म विहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी खेलकुद विकास समिति चितवनले जानकारी दिएको छ ।

फागुन २ देखि १६ गतेसम्म सञ्चालन गरिने प्रतियोगिता चरणबद्धरुपमा सम्पन्न गरिने छ । प्रतियोगिताको पहिलो चरण क्षेत्रगत रुपमा ५ वटै क्षेत्रमा आयोजना गरिने अध्यक्ष लामाले बताए । तर, तेक्वान्दो, उसु र कराँते खेलहरु भने सिधै जिल्लामा गरिने छ । यो प्रतियोगिताका उत्कृष्ट विद्यार्थी क्षेत्रीयस्तरको प्रतिस्पर्धाका लागि सिधै छनोट हुनेछन् ।

प्रतियोगिताका लागि जिल्लास्थित सबै विद्यालयहरुलाई तयारी अवस्थामा रहन पत्राचार गरिसकिएको उनले बताए ।

प्रतियोगितामा सम्बन्धित खेलका ४१६ जना प्रशिक्षक एवं प्राविधिक खटिने सचिव रामजी ढकालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

क्षेत्र नम्बर १ अन्तर्गत खैरहनी उच्च मा.वि., खैरहनीमा फागुन २ र ३, क्षेत्र नम्बर २ को पञ्चकन्या उच्च मा.वि.,जयमगंला फागुन ३ र ४ गते, क्षेत्र नम्बर ३ अन्तर्गत बालकुमारी उच्च मा.वि.,क्याम्पाचौर फागुन ३ र ४ गते, क्षेत्र नम्बर ४ अन्तर्गत् चित्रवन न.पा.को खेलमैदान  फागुन ७ र ८ र क्षेत्र नम्बर ५ को खेल जानकी उच्च मा.वि.मेघौलीमा फागुन ११ र १२ गते हुने आयोजकले जनाएको छ ।

क्षेत्रमा छनौट भएका खेलाडीको जिल्लास्तरको खेल क्याम्पाचौरमा फागुन १४,१५र १६  गते, कराँते, उसु र तेक्वान्दो प्रतियोगिता फागुन

फागुन १४ र १५, तेक्वान्दो प्रतियोगीता क्याम्पाचौरमा फागुन १४ र १५ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.