चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

चितवन, २१ माघ । चितवन उद्योग संघको आयोजनामा हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ को तयारी अन्तिम चरणमा पुगेको छ ।paradasani styala

औद्योगिक प्रदर्शनी स्थल भरतपुरमा हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको हो । यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाईएको छ । अहिले स्टल निर्माणका कार्यहरु अन्तिम चरणमा पुगेका छन् । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका छन् । जसले गर्दा दर्शक र प्रदर्शक दुवैलाई सहज हुनेछ । प्रदर्शनीको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले समुद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचार–प्रसार समितिका संयोजक मदन घिमिरेले जानकारी दिनुभयो ।

स्वदेशी उद्योग एवंम् कृषिको प्रवद्र्धन गर्ने विभिन्न उपायहरु मध्य औद्योगिक प्रर्दशनी आयोजना पनि एक हो । औद्योगिक प्रदर्शनीमा उत्पादित वस्तु एवंम् सेवाको सहभागिता गराउदा एकातिर उपभोक्ता र उत्पादककाबीच सिधा सम्र्पक स्थापना गर्न मद्धत पुग्ने संघका अध्यक्ष एवंम प्रदर्शनी मुल आयोजक समितिका संयोजक भीमबहादुर पाण्डेले बताउनुभयो । यी सबै अवसरहरु सिर्जना गर्ने प्रयासको चौंथो संस्करण स्वरुप चितवन उद्योग संघले राष्ट्रिय औद्योगिक प्रर्दशनी –२०७२ आयोजना गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय औद्योगिक प्रदर्शनी यही माघ २५ देखि फागुन २ गते सम्म औद्योगिक प्रवद्र्धन मैदान, भरतपुरमा हुँदैछ । प्रदर्शनीमा विभिन्न प्रकारका गरि करिव २०० स्टलहरु रहने संघका उपाध्यक्ष एवंम् प्रवक्ता त्रिलोचन कँडेलले जानकारी दिनुभयो । उहाँले यसपटक विशुद्ध औद्योगिक प्रदर्शनी मात्रै भएकाले विगतका तुलनामा केही दर्शकको संख्यामाकमी आउन सक्ने भएकाले करिव ५० हजार दर्शकले प्रदर्शनीको अवलोकन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

प्रदर्शनी प्रचार–प्रसार समितिका संयोजक मदन घिमिरेले प्रदर्शनीको प्रचार–प्रचारलाई व्यापाक पारिएको जानकारी दिनुभयो । उहाँले यसपटकको प्रदर्शनीले मानिसलाई उद्यमी बनाउन सिकाउनले भएकाले अवलोकन गर्न आम चितवनवासीलाई आग्रह गर्नुभयो ।

विषम परिस्थितिमा पनि प्रदर्शनी आयोजना गर्नुको विभिन्न कारणहरु रहेका छन् । विशेषगरि प्रदर्शनी आयोजना गर्नुको कारणहरुमा उपभोक्ताहरुलाई स्वदेशी उत्पादनका बारेमा जानकारी प्रदान गर्ने, नेपाली उत्पादनलाई अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धि बनाई निर्यातको वातावरण तयार गर्ने, वस्तु उत्पादक  एवंम् कृषि, पर्यटन, स्वास्थ्य, प्राविधिक शिक्षा जस्ता सेवामुलक उद्योगहरूको प्रर्वद्धन गर्ने, स्वदेशी र विदेशी प्रविधिहरूको प्रदर्शन गरी उद्यमीहरुलाई प्रविधि अनुशरणको अवसर सिर्जना गर्ने, राष्ट्रको दीगो र आत्मर्निभर आर्थिक विकाशका लागि औद्योगिक विकाशको भूमिका बारे जनचेतना अभिवृद्दि गर्ने, युवाहरु विदेश पलायन हुनबाट रोक्ने, आयात प्रतिस्थापन गरि राष्ट्रिय उत्पादनको वृद्धि गर्नेलगायत रहेका छन् ।

विगतका प्रदर्शनी भन्दा यसपटक विल्कुलै फरक तरिकामा प्रदर्शनीलाई अगाडि बढाईएकोले विगतमा हुँदै आईरहेको मनोरञ्जनात्मक बाल उद्यान यसपटक प्रदर्शनीमा नराखिने संघले जनाएको छ । यस पटकको प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर,  निर्माणजन्य उद्योग परिसर,  कृषिजन्य उद्योग परिसर, सेवा÷प्रविधिजन्य उद्योग परिसर,  विविध व्यापारीक परिसर र  सांस्कृतिक कार्यक्रमहरु हुने छन् । यस्तै प्रदर्शनीको प्रदर्शकहरुमा लघु तथा घरेलु उद्यमीहरु, साना तथा मझौला उद्यमीहरु,   व्यवसायिक कृषि उत्पादकहरु (पोल्ट्री, माछा, मह, दुग्ध), ठूला औद्योगिक प्रतिष्ठानहरु,  महिला उद्यमीहरु,  हस्तकला उत्पादकहरु, मेशिनरी उत्पादकहरु नै हुनेछन् ।

प्रर्दशनीमा समावेश हुने मुख्य उत्पादनहरुमा पोल्ट्री जन्य उत्पादन, मौरीजन्य उत्पादन,  ताजा माछा र माछजन्य उत्पादन, मेशिनरीहरु, काष्ठजन्य फर्निचरहरु, लाष्टिकका उत्पादनहरु,  इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इकयुप्मेन्ट्स, तयारी पोषाक, गलैचा, धातुका सामानह,  वायो प्रोडक्ट्,  उत्पादन प्रविधिहरु, खाद्य तथा पेय पदार्थ,  आल्मुनियम, स्टील जस्ता धातुका फर्निचरहरु, फेब्रिकेशनका सामानहरु, निर्माण सामाग्रीहरु,   हस्तकला, खेलैना,   माटाका सामानहरु,   कृषि तथा भेटेरिनरीजन्य औषधिहरु रहने छन् ।

यसपटकको प्रदर्शनीमा अवलोकन गर्नका लागि सर्वसाधरणका लागि रु.५० को टिकट र विद्यार्थीहरुको लागि रु. ३० को टिकटको व्यवस्था गरिएको छ । साथै सातै दिन प्रदर्शनीमा सहभागि हुन चाहने दर्शकहरुका लागि रु.१५० दरको विशेष टिकटको पनि व्यवस्था गरिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.