फुड फेस्टिवलमा मापसेबाट जोगाउन यातायातको व्यवस्था : संयोजक नरेश गिरी (अन्तरवार्ता)

 

सौराहा, माघ २ १ ।  प्रणय दिवसको अवसरमा चितवनको सौराहामा यहि माघ २८ देखि फाल्गुन ३ गते सम्म १० औ साराहा फुड फेस्टिवलको आयोजना हुन गइरहेको छ ।naresh-294x300 बैशाख १२ गतेको भूकम्प र त्यसपछि नाकाबन्दिले  पर्यटन क्षेत्र थिल थिल भएको अवस्थामा आन्तरीक तथा बाह्य पर्यटकलाइ सौराहा भित्राउनने उदेश्यले फुड फेस्टिवलको आयोजना गर्न लागिएको छ । सोहि विषयमा रहेर सौराहा अनलाईनका लागि संवादादता दिपेश चौधरीले गरेको १०औ सौराहा फुड फेस्टिवलका संयोजक नरेश गिरी संग कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसंग गरिएको कुराकानीको सारसंक्षेप :

१०औ सौराहा फुड फेस्टिवलको तयारी कस्तो भइरहेको छ ?

लगभग ९० प्रतिशत तयारी सकिएको छ । कार्यक्रम हुने स्थानमामा स्टलदेखि लिएर स्टेजको काम र बाल उत्थानको काम तिब्र रुपमा भइरहेको छ ।

 फुड फेस्टिवल भन्ने वित्तिकै खाना संग सम्बधित हुने भएकोले कस्तो किसिमका खानाका परिकारहरु रहने छ ?  

विभिन्न जनजातिका खानाका परिकार जस्तै थारु, कुमाल जातिको खान राखिने छ । त्यस्तै विदेशी खानाका परिकार पनि रहने छ । दर्शकले आफुले चाहेको खाना रोजेर खाना पाइन्छ ।

फुड फेस्टिवलकाको मुख्य आकर्षण के के रहेका छन र ?

अघिल्ला वर्षमा भन्दा यस वर्ष केहि फरक नै छ । यस भन्दा पहिला बाल उत्थान थिएन भने यस बर्ष बाल उत्थान राखिएको छ । फेस्टिवल परिषरमा बाल उत्थान राखिएको छ । त्यस्तै छोटो अवधीको (१५ देखि २० मिनेटको) लागि हात्ति सफारी, डुङ्गा सयरको ब्यबस्था गरिएको छ । त्यस्तै स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने छ ।3x31

 यस भन्दा बाहेक  के कस्ता कार्यक्रमहरु रहने छन ?

हाम्रा पुराना संस्कृतिहरु जस्तै भजन चुट्काहरु हराउने अवस्थामा छन त्यसलाई विउझाउनको लागि भजन चुट्का प्रतियोगिता, रत्यौली प्रतियोगिता, गृहिणीको नृत्य प्रतियोगिता राखिएको छ । त्यस्तै थारुहरुको स्पेशल खाना चिचर लाई प्रचार प्रसार गर्नको लागि पत्रकारहरु विच चिचर खाने प्रतियोगिता राखिएको छ ।

आन्तरीका पर्यटकहरुले सौराहा अत्यन्तै महङ्गगो छ भन्दछ, यस फेस्टिवल अविधिमा के कस्ता छुटको ब्यबस्था गर्नु भएको छ ?

राम्रो प्रश्न गर्नु भयो । सौराहा महङ्गगो छ भन्ने जुन भ्रम रहेको छ, वास्तवमा सौराहा महङ्गगो छैन । यहाँ १५० रुपैयामा पनि सादा खाना पाइन्छ । कार्यक्रम परिषर भित्र जुन खानाहरु हुन्छन्, डिग्सहरु हुन्छन त्यसमा आयोजक आफैले अत्यन्तै कम रेटमा प्राइस राख्नेछौ त्यस्तै खानामा पनि अत्यन्तै कम दरमा प्राइस राखिने छ । त्यस्तै होटल एसोसिएसन संग पनि सहाकार्य गरेका छौ । जुन फेस्टिवल परिषर भित्रबाट होटलको रुम बुक गरिएमा १५ देखि २० प्रतिशत छुट प्रदान गरिने छ । त्यस्तै चितवन राष्टिय निकुञ्जको जिप सफारीमा फुल डे प्रति जिप ७००, हाफ डे प्रति जित ५०० र प्रति ब्यक्ति १०० रुपैया छुट दिने ब्यबस्था गरिएको छ । त्यस्तै हात्ति सफारीमा प्रति ब्यक्ति १५ प्रतिशत छुटको ब्यबस्था गरिएको गरिएको छ ।

 फेस्टिवल मा विशेष गरि खाने र पिउनको आउने गरिन्छ, मापसे हुन नदिन के कस्तो ब्यबस्था गर्नु भएको छ ?

फेस्टिवलमा भित्र खाने र पिउने त स्वभागिक कुरा हो । यदि कोहि बढी मापसे गर्नु भएको छ भने परिषरबाट होटल सम्म पुर्याउनको लागि यातायातको ब्यबस्था गरेका छौ ।

आन्तरीक पर्यटकलाई सौराहा भित्राउनको लागि के कस्ता योजना भइरहेको छ ?

आन्तरीक पर्यटकलाई सौराहा भित्राउनको लागि हामी देश दौडाह अभियानमा लागो छौ । नवलपरासीको कावासोतीदेखि पोखरासम्म पत्रकार सम्मेलन गरेर फुड फेस्टिवलको वारेमा जानकारी दियो । जाहाबाट हामीले उत्साजनक सहभागीता बढ्ने अपेक्षा गरेका छौ ।

विभिन्न ठाउमा जादा त्याहाका स्थानियबाट कस्तो प्रतिकृया पाउनु भयो ?

अत्यन्तै राम्रो प्रतिकृया पायो । तपाईहरुले अत्यन्तै ब्यबस्थित तरिकाले कार्यक्रम संचालन गर्ने गर्नु हुन्छ । पक्कै पनि हामि आउछौ र अरुलाई पनि यस वारेमा जानकारी गराउछौ भन्ने आश्वासन पाएका छौ ।

फुड फेस्टिवलको स्थान हरेक वर्ष स्थान परिवर्त हुन्छ यो के कारणले हुने गर्दछ ?

रेवानको आफ्नै जग्गा नभएकोले हामिले कुनै ब्यक्तिको खेतलाई भाडा लिएर कार्यक्रम संचालन गर्नु पर्ने र उहाँहरुले नदिएको खण्डमा स्थान परिवर्तन गर्न बाध्यता थियो । यस वर्ष सिसुवारको खेल मैदान जुन नेपाल सरकारको अइलानी जग्गा भट्यो र यहाँका स्थानिय क्लबले पनि सहयोग गरेकाले अव यस वर्ष देखि स्थाइ स्थान पाएका छौ ।

कति जति दर्शकले अवलोकन गर्ने अपेक्षा लिनु भएको छ ?

हामिले हरेक दिन २५ देखि ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिएका छौ ।