१४ जिल्लामा मकैको बीउ निःशुल्क

काठमाडौं, २१ माघ ।  सरकारले यस वर्ष भूकम्प अति प्रभावित १४ जिल्लामा निःशुल्क मकैको बीउ उपलब्ध गराउने भएको छ । भूकम्पका कारण बीउको अभाव हुन सक्ने भन्दै सरकारले निःशुल्क वितरण गर्न लागेको हो ।
maze
नार्कका मकैबाली विज्ञ निर्मल गदालका अनुसार निःशुल्क बीउ वितरणको तयारी भइरहेको छ । किसानको माग अनुसारको बीउ बाँड्ने उहाँले बताउनुभयो । तर मकैको बीउको उपलब्धता अनुसारको जात संकलन गर्न भने चुनौती रहेको उहाँको भनाई छ । भूकम्प प्रभावित धेरै जिल्लामा फागुनको अन्तिम हप्तादेखि मकै बाली लगाउन थालिने उहाँले बताउनुभयो । अहिले उच्च पहाडी क्षेत्रमा मकै लगाउने सिजन सुरु भएको छ ।

उच्च पहाडी क्षेत्रमा गणेश १, २ र मनकामना ३, ५ र ६ जातका बीउ लगाउन उपयुक्त हुने मकैबाली विज्ञ गदालले बताउनुभयो । मकैको बीउका लागि बेलैमा कृषि विकास कार्यालय वा कार्यालयको सेवा केन्द्रमा सम्पर्क गर्न उहाँको आग्रह छ ।

Leave a Reply

Your email address will not be published.