चित्रकला र मुर्तिकला प्रतियोगिता सम्पन्न

चितवन, २१ माघ । रत्ननगर महोत्सवमा  चित्रकला  र मुर्तिकला प्रतियोगिता सम्पन्न भएको छ । mahosavमहोत्सव अन्र्तगत आयोजित चित्रकला प्रतियोगितामा राम भट्ट प्रथम भएका छन् भने रोदन विष्ट द्धितिय,सदिक्षा रानाभाट तृतिय र ज्योती श्रेष्ठले सान्त्वना स्थान हासिल गरेको प्रतियोगिताका संयोजक सोहेन्द्र खरेलले जानकारी दिए ।

त्यस्तै परम्परा चित्रकला प्रतियोगितामा चर्चित श्रेष्ठ प्रथम हुँदा सेवक श्रेष्ठले द्धितिय स्थान हासिल गरेको खरेलले वताए । सुरज अर्याल तृतिय तथा हरी भट्टले सान्त्वना स्थानमा चित्त वुझाए । यसैगरी मुर्तिकला प्रतियोगितामा चन्द्र केशी प्रथम भएका छन् ।

सुमन परियार द्धितिय हुँदा गंगा श्रेष्ठ तेश्रो भएका खरेलले जानकारी दिए । ४६ जना कलाकारहरुले १ सय ४५ वटा चित्र तथा १५ वटा मुर्तिहरु वनाएका थिए । प्रतियोगितामा विजयी भएकाहरुलाई शनिवार पुरस्कार वितरण गरिने संयोजक खरेलले वताए ।

Leave a Reply

Your email address will not be published.