पूर्व सांसद जिसीले काँग्रेस सभापतिमा उम्मेदवारी घोषण गरे

परासी, २१ माघ । कांग्रेस जिल्ला सभापतिमा महेन्द्रध्वज जि।सी।ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  परासीमा उनले केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र क्षेत्र नं. ६ मा सांसद देवकरण कलावरलाई साथमा राखी उम्मेवारी घोषण गरेका हुन् । nc-flag

जिल्लाका सबै क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिहरुको नामावली आएसँगै जि।सी।ले आफ्नो उम्मेदावारी घोषणा गरेका हुन् । जि।सी। संस्थापन पक्षमा उपसभापति रामचन्द्र पौडेल निकट मानिन्छन् । पौडलले सभापतिमा उम्मेदवारी दिने बताउदै आएका छन् । हुन् । ‘एकताबद्ध काँग्रेस बनाउन सभापतिको उम्मेदवार भएको छु ।’ यसमा अधिकांश प्रतिनिधि साथीहरुको सहयोग छ जिसीले भने ।

देउवा पक्षबाट भने अहिलेसम्म कसैले पनि आधिकारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । देउवा पक्षबाट वर्तमान जिल्ला सभापति देबेन्द्रराज कण्डेल नै सभापतिको उम्मेदवार हुने भनेपनि अहिले सम्म उनले उम्मेदवारी घोषणा गरेका छैनन् । अर्का सुर्यभक्त अधिकारीको छोरा एवं काँग्रेसका नेता मदनभक्त अधिकारीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । गैडाकोटमा भएको कार्यक्रममा उनले कार्यकर्ताका बीच उम्मेदवारी घोषणा गरेका हुन् ।

अधिकारीले भने देउवा वा संस्थापन भन्ने कुरा स्पष्ट पारेका छैनन । उनले बुधबार कावासोतीमा पत्रकार सम्मेलन गरी आफ्नो धारण सार्वजनिक गर्ने भएका छन् । उनी नवलपरासी क्षेत्र नं.१ का सांसद तथा काँग्रेस नेता डा। शसांक कोइराला निकट मानिन्छन् ।

प्रतिनिधि चयन

कांग्रेसको जिल्ला अधिवेशनका लागी कुल १ हजार ७९ क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन् । पार्टी जिल्ला निर्वाचन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेका अनुसार कुल १३ हजार ६ सय ४९ जना क्रियाशिल सदस्यहरु प्रतिनिधि चयन भएका हुन । चयन भएका मध्ये २ सय ८८ महिला प्रतिनिधि छन्

जिल्लामा ६ निर्वाचन क्षेत्र छन् । जसमा सबैभन्दा बढी क्षेत्र नं. १ मा दुईसय ३७ जना प्रतिनिधि चयन भएका छन् । त्यस्तै क्षेत्र नं.२ बाट एकसय ८६, क्षेत्र नं. ३ बाट एकसय ६५, क्षेत्र नं. ४ बाट एकसय ८२ क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । त्यसैगरी क्षेत्र नं.५ बाट एकसय ६४ र क्षेत्र नं. ६ बाट एकसय ४५ क्षेत्रीय प्रतिनिधी चयन भएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.