रत्ननगरमा आजदेखि चिकेन फेष्टिबल / साढे ४ वजे पशु सेवा विभागका महानिर्देशक डा.प्रेमीले उद्धघाटन गर्ने

सौराहा अनलाईन
रत्ननगर २१ माघ ।  पूर्वी चितवनको रत्नगरमा जारी रत्ननगर महोत्सव अन्र्तगत पहलो पटक आयोजना गरिएको चिकेन फेष्टिबल आजदेखि सुरु हुदैछ  । पोल्ट्रीको राजधानी चितवनका कुखुराजन्य उत्पादनको थप प्रर्वद्धन गर्ने उद्देश्यले चिकेन फेष्टिवल आयोना गरिन लागेको हो ।

महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघले  नेपाल सरकार, पशु सेवा विभाग,पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय र नेपाल अण्डा उत्पादक संघको सझेदारीमा  कुखुराको उत्पादन र प्रयोग बढाउन रत्ननगरको टाँडी चोकमा चिकेन फेष्टिवल गरेको महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।  आज माघ २१,२२ र २३ गते तीन दिन टाँडी बजारमा फेष्टिवल हुदैछ ।

फेष्टिवलको आज दिउसो साढे चार वजे  पशु सेवा विभागका महानिर्देशक डा.केशव प्रसाद प्रेमीले उद्धघाटन गर्ने कार्यक्रम रहेको  फेष्टिवलका संयोजक तथा संघका पूर्व अध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । साथै सबै तयारी समेत पुरा भएको उनले बताए ।

रत्ननगरमा पहिलो पटक गर्न लागिएको सो फेष्टिवललाई भब्य बनाउन टाँडी बजारको दायावाया ५० वटा स्टल राखेर राखिएको उनले जानकारी दिए । फेष्टिवलमा चिकेनवाट बन्ने विभिन्न परिकार राखिने छ ।

प्रर्दशनी तर्फ कुखुराको मासु र अण्डा प्रयोगवाट हुने फाईदा तथा उत्पादनको प्रक्रियाका बारेमा जानकारी समेत गराईने छ । चिकेन फेष्टिवलको संयोजन कुखुरा व्यवसायी संघ पूर्वी चितवनले गरेको छ । फेष्टिवलमा १७ वटा अण्डा तथा १४ वटा मासुको परिकार बनाउने योजना छ र स्टर लेभलका होटलहरुमा काम गरिरहेका भान्सेहरुलाई टाँडी ल्याई स्थानीय रेष्टुरेण्टका भान्सेहरुलाई तालिम दिएर फेष्टिवलमा परिकार बनाउन लगाईने उनले बताए ।

त्यसमा पनि ६० प्रतिशत कुखुरा र कुखुराजन्य उत्पादन पूर्वी चितवनमा हुने गरेको छ । चितवन पोल्ट्रीको राजधानी भएकाले पनि चिकेन फेस्टिवल महत्वपुर्ण सावित हुने छ र फेस्टिवलमा कुखुराका विभिन्न परिकार वनाएर स्वाद पस्कने आयोजकको तयारी छ । । उत्पादन र खपत घटिरहेका वेला फेष्टिवलले बजारीकरणका लागि सघाउन महोत्सवको उपयोगी देखिएको छ ।

.