म र मलेसिया  

 

समय आफ्नै गतिमा दौडिरहन्छ । त्यहि समय भित्र रुमल्लिएर मान्छे निरन्तर बाचि रहेको छ । शक्तिखोरको ओढार भित्रको चेपाङ जेठा हुन् या सिंहदरबारमा चिल्लो कारमा झण्डा हालेर हिड्ने ठूला बडा हुन् । आखिर बाचेकै छन् र जाने त सेतो धरो वा महङ्गो मलमल भए पनि आखिर जल्छन् नाङ्गै । अझ चेपाङ जेठा कसैको लप्पन छप्पन जान्दैनन् न कसैलाई गाली गर्छन् न त सुन्छन् नै ।12400537_10205406303502307_9164175440374196730_n

अनि धुवा, धुलो, कोलाहल, चित्कार संगै संसार नै अहिले नै जितेको महशुष गर्दै सुरा सुन्दरी देखि महङ्गो झोलसंग मितेरी गाँस्ने र अरबौ रुपैयाको गुड्डि हाक्दै मान्छे बेच्ने र मार्ने, कुर्चिमा राख्ने र फाल्ने जस्ता घृणित खेल खेलि रहेको काठमाण्डौं संग उनलाई कुनै चासो छैन । जेनतेन दुई छाक टार्न सक्ने परिवार जसलाई केहि गर्ने ईच्छा छ सामान्य गाउँ बस्ति देखि सफा बनाएर यो देशका हस्तिहरुले केहि गरुन । बस त्यसका यी आवाजहरु हवामा विलीन हुन पुग्छन् । अनि उ बाद्य हुन्छ कहाँ जाउँ कसो गरु रु अनि रुमल्लिन्छ उ खाडीको तातो राप र मलायाको मझधार सम्म । देश भनि रहेछ मैले दिएको छु तिमी गर अनि खाउ । तर देश त्यहि उत्पादन गर्न सक्तैन । जो बरदान दिन्छ तर थाप्न जान्दैन । यहि बिडम्वनाले आज लाखौ म हरु भौतारि रहेको छ ।

देशले दिएको छ जंगल तर त्यसलाई बुझ्ने जन शक्ति छैन । नदीनाला छन् बुझने वाला छैनन् । खनिज तत्वहरु छन् चिन्ने मनुजहरु छैनन् । देशले दिएको यी उपहारहरु सबैभन्दा महत्वपूर्ण हुन र यसमा विदेशिएका लाखौ म हरुले सजिलै काम गर्न सक्छन् र देशले मुहार पनि फेर्छ । तर कोरा कल्पना सावित हुन्छ र वहियात ठहरिन्छन् यस्ता म का आवाजहरु । गोर्खाका चिनि पुलीस र साईली पुलीस देखि उति बेलाका राजा गाउँतिरका राज पुलिस सम्म भने पछि सातो उड्ने र उनिहरुले राजतन्त्रमा घुडा मुनि लठ्ठी हानेका डोबहरु गणतन्त्र सम्म आई पुग्दा टाउकामा लाठीले र गोलीले जताहाने पनि हुने अवस्था आई सकेको छ । पहिला डोब लाग्दा घरमा लुकेर बस्ने अहिले गोलीले रगत आउँदा देखि लास परे पछि देश नै ठप्प हुने व्यवस्था आउँदा पनि म हरु सडक देखि तडक भडकका संसारसम्म उफ्रिन पुगेका छौ ।

खैर यो दुनिया दिवाना भन्दा २ बर्ष माष्टरसाप भई काम गर्दा सबै आप्mनै हातले पास तर राजनितिका कारण फेल भएको म, करीब ६ बर्ष नेपाली सेनामा जागिर खाएर सबैमा पास, पैसा र पावरमा फेल भएको म, १ बर्ष सबैको आखाँमा बिझेको कोकाकोलाबाट ६ बर्षसम्म कतारमा बस्दा ९९ प्रतिशतको आँखामा पास १ प्रतिशतको आँखामा फेल भएको पनि म । कारण कोहि होईन म नै हो । अरुलाई दोष दिनु आफू पानी माथिको ओभानो बन्नु जस्तै हो भनेर चिन्नेहरुले भन्दा म उनिहरुलाई धन्यबाद भन्न सक्छु । कारण माष्टर साप हुँदा म काँग्रेस बन्न सकिन उति बेला माओवादी थिए, नेपाली सेनामा सेकेण्ड लेप्mिटनेण्टमा ५ लाख नहुदाँ पास हुन सकिन, कतारमा २ पत्रकार मध्ये मलाई राख्छु अर्कोलाई फाल्छु भन्दा साथीको मायाँ र विश्वासले म नै जान्छु भनि केहि लोन लिएर मलाई उनिहरुले नेपाल पठाउँदा म नै फेल ।

जसले जे भन्यो त्यो मान्ने मेरो बानीले आखिर मलाई घाटा नाफा हुने रहेछ भन्ने मलाई थाहा भएर पनि मैले त्यसलाई कहिले पनि अगींकार गर्न सकिन । त्यसैले म आखिर म नै भए । फलतः मैले कतारमा कमाएको ईज्जतले त्यहाँ रहेका र हिजो ईतिहास बोकेका मीत्र देखि आफन्तहरुले कहाँ के गर्नु पर्छ कति बुझाउनु पर्छ आउन अनुरोध गरे पनि सम्बन्धित निकायले सोहि काम नदिनाले म र मलेसिया बन्न पुगेको र यो शिर्षक राखेको हुँ । गल्ति कमी कमजोरी मानिसबाट नहुने पटक्कै होईन तर हामी नेपालीमा जसले हान्यो त्यसैले जान्यो भन्ने प्रबृत्ति हावि छ र जे पनि गर्न तयार छौ ।

जसले राम्रो काम ग¥यो उसलाई अझै माथी पु¥याएर आफू त्यहाँ पुग्ने प्रबृत्ति मेरो लागू भएन । बुद्धि विवेक भए पनि समय, परिस्थिति, विस्वास र समयलाई चिन्न नसक्दा म हरुको जिन्दगीमा धेरै उथल पुथल आएका छन् र अझै आउने छन् । यो एउटा साराम्स मात्र हो लामो कथा बस्तु समेटिएको म र मनहरु एउटा वास्तविक उपन्यास यहाँहरु समक्ष प्रस्तुत गर्नेछु ढिलो छिटो । तर यहाँ ९ मलेसियामा ० एउटै संसार, एउटै रहन सहन, एउटै बातावरण र एउटै मन भएका नेपाली आमाका सन्ततीहरु मात्र हाँसि रहेको देखे रोई रहेको देखे । हिजो दैनिक एक नेपाली कतारमा मृत्यू भएको खबर लेखे तर आज दैनिक करीब २ जना स्वास प्रस्वास नै बन्द भएर मरेको भन्दा पनि जिउँदै मर्न पाएँ हुने थियो कि घर जान पाए हुन्थ्यो भनेर चिच्याएको आफ्नै आँखाले देखे त्यसैले यसलाई समाचार बनाउँदा, तस्वीर देखाउँदा आफै समाचारको पात्र बनिन सक्ने डर त्रासले यो विचार व्यङ्ग्यात्मक रुपमा लेखे ।

त्यसैले बुझनेहरुले पनि कतै हामीलाई भन्यो भनेर भट्टी पसलमा बसेर यसलाई काले लगाउन प¥यो वा मामा नभन्नु होला किनकि मैले लेखेको तपाईले हासेर सत्य लेख्यो भनेर तपाई परिबर्तन हुनु भयो भने पक्कै पनि तपाई मर्दा सजिलै संग मर्नु हुनेछ नत्र तपाई बाचेर अरुलाई जिउदै मार्दा त्यो दिनको यादले त्यो भन्दा पिडा तपाईलाई हुनेछ । त्यसैले मैले म यहि सके अब मलेसिया शुरु गर्र्दैछु । ज्ति बेला म एउटा साप्ताहिक पत्रिका जो नेपालमा दैनिक निस्कन्छ त्यसैलाई प्रकासित गर्ने र एउटा एक्सपोर्ट ईम्पोर्ट कम्पनि खोलेर नेपालको चाउचाउ, चुरोट लगायतको बस्तु भित्र्याउनु र यताबाट हण्ड्रेड प्लस तथा अन्य के के बस्तु नेपाल भित्र्याउन सकिन्छ भनेर छिरेको हु म । आफन्तको सहयोगमा म मल्टिपल भिषामा भित्रीए ।

यहाँ १ महिनाको गतिलो बसाई सकेर सिङ्गापुर गएर फर्कदा मलेसियाबाट प्रकाशन हुने पत्रिका नै बन्द भए पछि पत्रिका प्रकाशनमा तुषारापात भयो । मल्टिपल भिषाबाट तीन महिना सकिए पछि नेपाल फर्केर पुनः ३ महिनाको सिङ्गल ईण्ट्रि भए पछि ३ पटक पास लगाएर यहाँ स्थित नेपाली मीत्रहरुको कम्पनिमा कहिले कतै कहिले कतै काम गर्दै आए । त्यो वीचमा मेरो कम्पनि ईभिजी रिसोर्सेस एसडिएन बिएचडि पनि दर्ता भयो जहाँ म डाईरेक्टर छु । तर त्यसबाट भिषा लगाउन अझै लामो समय कुर्नु पर्ने भो त्यहि कुराईमा म ५ पटक नेपाल र मलेसिया गर्न बाद्य भए । सूर्य टोबाको र चाउचाउ संग संझौता गर्न लाग्दा भूकम्पले मलाई र मेरा सबै सपनाहरु हल्लाई दियो । काम गर्न सक्ने क्षमता लाई कसैले हौसला दिने कसैले मुखमा राम राम बगलीमा छुरा गर्दै यहाँ बस्न उचित हुदैन जाँदा हुन्छ भनेर भन्ने मीत्रहरुको भनाई संगै धेरैको सल्लाहले म केहि व्यवसायि र आदारणीयको सहयोगमा १ बर्षे भिषा लगाएर बस्न बाद्य भए ।

जब मैले भिषा लगाए तब मेरो आफ्नै कम्पनिबाट भिषाको लागि पहिलो लेटर आयो । अचम्म छ यहाँको एउटा नियम पनि । कम्पनि खोल्न पाउने डाईरेक्टरमा नाम हालेर तर भिषाको लागि निकै कष्ट खेप्नु पर्ने । हो आज यहाँ धेरै मीत्र आफ्नै व्यवसाय गरेर कम्पनि खोलेर उपल्लो पदमा बसेका २ प्रतिशत पनि छैनन् । सबैका भिषाहरु अन्यत्रबाट लागेका छन् । निश्चित रकम तिरेर पाईने सुबिधा ९ सेकेण्ड होम ० मा बस्ने नेपालीहरु पनि न्यून छन् । यहि सेरोफेरोमा रहेर मैले देखेको मलेसियामा सबै भन्दा टक्कर यसले पैसा कमायो अब हामीले यसलाई कसरी हुन्छ पछि पारेर पैसा हात पार्नु प¥यो । तर उसले कहिले पनि सोचेन कि उ सँग मीलेर काम गर्दै पैसा कमाउ र सबै नेपाली बनौ र सबैलाई बनाऔ ।

पहिलो यहि मानसिकताबाट ग्रस्त छ मलेसियमा नेपालीहरुको मन । कसरि हुन्छ उसलाई यहाँका ग्याङस्टार वा मामाहरु ९ नेपालीहरुले प्राय प्रहरिलाई यसो भन्ने गर्छन् ० उनिहरुको मिलेमतोमा सामान्य सोझा नेपाली देखि भिषामा सामान्य समस्याहुने नेपालीहरुलाई समेत सहयोग त दूरको कुरा कसरि हुन्छ उनिहरुसंग मिलेर नेपाली दाजुभाईको नै विचल्लि पारेको देखे । अन्य राष्ट्रका नेपाली व्यवसायिहरु हतेमालो गर्दै सोहि देशमा मिनी नेपालको नाम झलक दिएर कति मीठो र असल नेपालीको परिचय दिने गरेको पाँए तर यहाँ ठिक त्यसको विपरित ९९ प्रतिशत देखियो ।

दूतावासको नजिक रहेर कसैले काम गरेमा त्यो चाकडिबाज, कुनै व्यक्ति संग संगै चिया, नास्ता, खाना, बसाई भएमा उसैको लङगौटिया । त्यो सोच यहाँको एउटा झुण्ड छ जो आफैमा संकास्पद छ त्यो मिडियाका मीत्रहरु देखि सामाजिक संघ संस्था र कूटनितिक नियोगका व्यक्तिहरु पनि रहेका छन् ।

हुन त यहाँ केहि सामाजिक संघ संस्था देखि राजनिति संगठनका जिम्मेवारी व्यक्तिहरु सम्मले गैर कानूनि काम गर्ने, श्रमीकहरु कै विचल्लि बनाएको उजुरी पर्ने र पिडित बनाउने आफैले दूतावासले  देखि रहेको अवस्था र पारदर्शिता, सबै नेपालीहरुको समाजमा घुलमील हुन नसक्ने, सिमीत झुण्डहरुसंग मात्र उठबस गर्ने देखि मिडिया भने पछि टाउको दुख्ने दूतावासको एउटा प्रबृत्तिले कहिले नमिल्ने एक सिक्काका दुई पाटाहरु जस्तो लाग्छ मलाई ।

परिबर्तन त आफैले गर्ने हो नि रकम लिएर समाचार लेखेको भए म मा क्षणिक लाभ भए पनि तपाईको नजरमा म स्वयं एक दिन तपाईबाट नै कलंकित हुनुपर्छ । छुपाए भने पनि तपाईको लाभबाट हुन पुग्छ त्यसैले समय अनुसार जुन धरातलमा म छु त्यहि धरातलको भार हेरेर मात्र कोर्न सक्छु जहाँ कि त्यस धरातलले भोली मलाई गलहत्याउन खोजे पनि अर्को धरातलले मलाई बचाउने छ । तपाई कुनै पनि व्यवसाय गर्नु हुन्छ कसैलाई बाधा अड्चन नपु¥याई भने तपाईलाई कसैले केहि गर्नै सक्तैनन् । तर तपाई एकै पटक धेरै कमाउन र ठूलो बन्ने अरुको देखासिकिमा लाग्नु हुन्छ र पो त तपाई कसैको मीत्र र कसैको दुश्मन हुन पुग्नुहुन्छ ।

समाज सेवा र सुटबुठ लगाएर अतिथी बस्दैमा तपाईका कर्तुतहरु छर्लङ्ग देख्ने अर्का अतिथीले तिमीलाई चिन्छ र हजारौ ठगी र हजारौलाई रुवाउँछौ भने अर्कोलाई थर्काएर चोखिदै दाम कमाउन लाग्दैमा उपल्लो तह र तप्काले मान्नु पर्छ भन्ने छैन र तिमी भट्टी र टट्टीमा जे जे फलाके पनि  हुने वाला केहि छैन यहि आफूबाट सुधार । दूतावासको वरिपरि रहेर छोटे लालहरु खुलायम मान्छे हेरेर नेपाल जाने मूल्य तोख्छन्, उनिहरुको नै भिषा छैन भिषा लगाई दिन्छौ भन्दै रकम असुल्छन् अनि न त त्यो नौ तलाले देख्छ न देख्नेहरुले नौ तलामा पु¥याउछन् । हो सफा त भूई तलाबाट गर्नु पर्ने हो गर्नेले गर्दैन र अब गर्नु प¥यो भनेर कसैले परिबर्तन गर्दैन ।

च्याउ सरि आएका मेन पावरका मार्केटिङ डाईरेक्टर सापहरु न त फ्रि भिषा फ्रि टिकट को बार्गेनिङ सम्बन्धित कम्पनिमा गर्न सक्छन् न त कतै बाट आम्दानीको श्रोत जुट्छ अनि खोज्न थाल्छन् कम्पनिमा कार्यरत मान्छेहरु र तर्साउछन् उनिहरुलाई ।

उ तर्सिन्छ किनकि उ संग पासपोर्ट छैन, भिषा छैन दिनहु लादिएर पनि भनेको केहि पाएको छैन र घरबाट नै हजारौ रुपैया मगाएर उ फर्कन चाहान्छ फेरि छोटे दलालको पिसी र नक्कली कागज पत्रले कि त एताको अध्यागमन कि त नेपालकोमा पुगेर अलपत्र पर्न पुग्छ । हो उसको मन भरि डरत्रासले कति बेला बाचेर घर मात्र पुगौ भई रहेछ । यस्तो अवस्थामा जन चेतनाको खाँचो छ र उनिहरुलाई डरत्रासको बातावरणबाट मुक्त गराउनु, अप्ठेरोमा सहयोग गर्नु नै मानवीयता हुन आउँछ ।

एकातिर उसलाई वितृष्णा पैदा हुनु अर्को तिर यहाँ काम गरेर भनेको सुविधा नपाउनु, सुरक्षाको महशुष नहुनु, मुद्रा अवमूल्यन हुनु, लेवि चर्को रुपमा बढ्नुले मलेसिया देखि दिक्क लागेर कम्पनि छाडेर अबैधानीक बन्दै छोटे लालहरुको फन्दामा परेर नेपाल फर्कनुको विकल्प नरहेको मैले देखेको सत्यता हो जस्तो लाग्छ ।

तपाई नाम विनाका महा मानव हुनुहुन्छ तर मःम भनेर सम्झे हुन्छ संयोग तपाई जस्ता धेरै हुन पनि सक्छन् । चोरले खुट्टा तानेको जस्तो र घोईरिएर साला यसले त मलाई हान्यो कि भनेर भोली अर्को मलाई सिध्याउने खेल नखेल्नु होला । तपाईको भबिष्य मलेसियामा हाम्रै नेपाली काली, मले, चाईनिज, फिलु्, ईण्डो, भियतनाम, म्यानमार लगायत जताको संग जिन्दगी विताए पनि सायद तपाईको जिन्दगीले अन्तिममा नेपाली हावा पानी नै खोज्छ यसमा कुनै दुई मत नहोला ।

Leave a Reply

Your email address will not be published.