विद्यालय छोडेर ईट्टा भट्टामा काम गर्छन् बालबालिका

काठमाडौं, २० माघ । नेपालको अन्तरिम संविधान, २०७२ ले बालबालिकाको हक प्रत्याभूत गरेको छ । १८ वर्ष मुनिका मानव जातिलाई बालबालिका भन्दै अन्तराष्ट्रियरुपमा नै विभिन्न अधिकार सुनिश्चित गरिएको छ ।

gopal-magarवर्षेनी विभिन्न नारा दिँदै बाल दिवस मनाइए पनि बालबालिकाको अवस्थामा भने देखिने गरी सुधार आउन सकेको छैन ।
नागरिक अधिकार ऐनमा नाबालकलाई कारखाना आदिमा काम लगाउन निषेध गर्दै १४ वर्षभन्दा कम उमेरका कसैलाई पनि कारखाना वा खानीको काममा लगाउन वा अन्य कुनै पनि जोखिमका काममा भर्ना गर्न नहुने भन्दै बालश्रमलाई निषेध गरिएको छ । कानुनी रुपमा बाल अधिकारको कुरा गरिए पनि कार्यान्वयनको पाटो कमजोर हुँदा अहिले पनि बालबालिकाले शारीरिक तथा मानसिक रुपमा यातना पाउने क्रम रोकिएको छैन ।
नेपालमा बर्षेनी धेरै बालबालिकाहरु बिद्यालय बिचमै छोड्ने गर्छन् । खासगरी ग्रामीण भेगमा जहाँ आर्थिक विपन्नताले पिल्सिएको छ । चरम आर्थिक विपन्नताले छोएपछि परिवारमा वालवालिकाका लागि शिक्षा प्राथमिकतामा पर्दैन ।

यही कुरा पुष्टी गर्छ ललितपुरको बडिखेल स्थित बोलबम ईट्टाभट्टाको दृष्यले । कक्षा ५ देखि एसएलसी तहसम्मका विद्यार्थीहरु आफ्नो पढाई विचमै छोडेर ईट्टाभट्टामा काम गरिरहेको भेट्टिए ।
यहाँ काम गर्ने प्रायः बालबालिका विद्यालय छोडेर ईट्टाभट्टामा मजदुरी गर्दै आएका छन् । १२ वर्ष देखि १६ वर्षसम्म उमेरका उनीहरु केही पैसा कमाउने आशामा विद्यालय छोडी ईट्टाभट्टामा आएका छन् ।

पाँचखाल, सर्लाही, धनुषा लगायतका विभिन्न ठाउँवाट मजदुरी गर्न यहाँ आईपुग्छन् बालबालिकाहरु । वर्षको ६ महिना ईट्टाभट्टामा काम हुन्छ । यसरी पैसा कमाउन ६ महिना अन्यत्र वसाईसर्दा उनीहरुले पढाईको क्रम भने टुट्छ । स साना छोराछोरी वोकेर सिंगो परिवार नै हिउँदको याममा ईट्टाभट्टामा काम गर्न यता वसाई सर्ने गर्दछन् । कोही वैशाख १२ को भुकम्पले घर भत्केपछि बाध्य भएर परिवार सहित यस पेशामा लागेका छन् । तराईभेगमा पढाई विचमै छोडी जाने चलन वढ्दो छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वमा पाँचदेखि १७ वर्ष उमेरका लगभग एक अरब ६० करोड बालबालिका बालश्रममा छन् । यस्ता काम गरी बस्नेहरु सानैबाट कुलतमा लाग्ने र विभिन्न अपराधी क्रियाकलापमा लाग्ने प्रबल सम्भावना हुन्छ र उनीहरुमा विभिन्न किसिमका रोग लाग्ने सम्भावना पनि बढ्दै जान्छ ।

बालबालिका भनेका सुनौलो भविष्यका नायक हुन् उनीहरुलाई ठुलो श्रममा लगाउनु हाम्रो अपराध हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ । देशको भविष्य निर्माण गर्ने विद्यार्थीहरु पढाई छोडेर मजदुरीमा लाग्नु राम्रो भविष्यको संकेत होईन ।

Leave a Reply

Your email address will not be published.