नेपाली काँग्रेस भरतपुर नगरसभापतिमा भरत अधिकारी निर्वाचित (मत परिणामसहित)

चितवन, माघ १९ ।नेपाली काँग्रेस भरतपुर उपमहानगरपालिका सभापतिमा भरत अधिकारी निर्वाचित भएका छन् ।
bharata
केहीबेर अघि सम्पन्न मतगणना अनुसार ५ सय ११ मतले ३ प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी नगरसभापतिमा निर्वाचित भएका हुन् । नगरसभापतिमा निर्वाचित अधिकारीले २ हजार ७ सय ६१ मत प्राप्त गरेका छन् । यस्तै प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले २ हजार २ सय ५०, हिरामणी अधिकारीले ७ सय १० र श्याम लामिछानेले ३९४ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेस १३ औं महाधिवेशन अन्तरगत यही माघ १६ गते नगरसमितिका लागि निर्वाचन भएको थियो । यस्तै नगर सचिवमा किशोर गुरुङ निर्वाचित भएका छन् । उनले कुल ३ हजार ८ सय ४० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी प्रल्हाद उप्रेतीले १ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा कमला बराल निर्वाचित भएका छन् । बरालले ३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कृष्ण बगालेले २ हजार १ सय ६८ मत प्राप्त गरेका छन् ।
यस्तै सदस्यहरुमा निर्वाचित हुनेहरुको नामावली यस प्रकारको छः
१. अमृत अधिकारी (३५७१)
२. जीवनना कँडेल ( ३५४४)
३. टिकाराम लामिछाने (३३९१)
४. निलकण्ठ कोइराला (३०९६)
५. प्रशान्त अधिकारी (३०३५)
६. मेनुका रिमाल (३०१४)
७. प्रेमराज सुवेदी (२९९०)
८. चन्द्रकान्त तिमिल्सिना (२९०३)

Leave a Reply

Your email address will not be published.