चितवन मेडिकल कलेजले २ सय ६६ दिनसम्म उपचार गराई भुकम्प पिडितलाई उद्धार

-राजेन्द्र आचार्य
चितवन, २० माघ । चितवन मेडिकल कलेजले २ सय ६६ दिनसम्म कलेजको बेडमा उपचार गराई भुकम्प पिडितलाई उद्धार गर्न सफल भएको छ ।
गएको बैशाख २९ गते भुकम्पको पराकम्पनमा परि अचेत अवस्थामा कलेजमा गोरखा अस्पतालबाट रिफर गरि पठाएका ६९ बर्ष गोरखा स्वुवारा –७ मैते गुरुङ्गलाई उद्धार गर्न सफल भएको हो । Cmc ko picअचेत अवस्था रहेका उनको चितवन प्रहरीसंग समन्वय गरि उनको निःशुल्क औषधी पछि मंगलबार घर फकाउन सफल भएको कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरि जानकारी दिएको छ ।
कलेजको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत भुकम्प पिडित गुरुङ्गको ३ पटक सम्म जटिल अप्रेसन गर्दा उनको अवस्था चिन्ताजनक नै रहिरहेकोमा उनलाई आई. सि. यु.मा भेन्टिलेटरमा राखि उपचार गरेपछि उनलाई पहिले कै अवस्था लयाउन सफल भएको अस्पताल निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
अस्पतालको डाक्टर, नर्सहरुको मेहनतले उनको होस १५ दिन पछि आयो उनले भने– अस्पतालले उनलाई खतरा मुक्त बनाई २० दिन सम्म  आई. सि. यु. मा १९ दिन सम्म पोष्ट अपरेटिभ वार्डको बसाई संगै २६६ दिनसम्म लाग्यो ।
उनको उपचार गराई निःशुल्क औषधी, उपचार, खाना लगाएतका सम्पूर्ण आर्थिक भार चितवन मेडिकल कलेज स्वयमलेरु ५ लाख खर्च भएको अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले जानकारी दिए । उनले कलेजले यसरी निशुःल्क उपचार गरि जीवनदान दिएकोमा खुसी व्यक्त गर्दै भुकम्प पिडित कार्ड सहज रुपमा पाउने आशावादी भएको बताए ।
यस्तै उनलाई चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिहं चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरको सयुक्त प्रयासमा गोरखा सम्म ३ हजार रुपैया बाटो खर्च सहित छोडने व्यवस्था गरेको अस्पतालले जनाएको छ । यसैगरि उनी लगायत २ यस ५० जना भुकम्पका घाइतेहरुलाई र १ सय ३८ जनाको निः शुल्क अप्रेसन गर्दा एक करोड  रुयैया रकम बराबरको सेवा प्रदान गरेको अस्पतालको दावी छ ।

Leave a Reply

Your email address will not be published.