उवासंघ चितवनको ५६ औं स्थापना दिवस

चितवन, १९ माघ । उद्योग वाणिज्य संघ चितवनको ५६ औं स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा संघले कार्यालय परिसरमा मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ubbasaga chitwan

मंगलबार आयोजित मधुमेह परीक्षणमा पुष्पाञ्जली हस्पिटलका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले स्वास्थ्य परीक्षण गरेका थिए । स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै उवासंघ चितवनका अध्यक्ष राजन अधिकारीले सम्पूर्ण उद्योगी व्यवसायीको हक र हितको लागि आफूले काम गर्ने बताए ।

उवा संघको चुनाव अगाडिको तिक्तता मेट्दै सम्पूर्ण कार्य समिति एक भएर आगामी दिनमा अगाडि बढ्नु पर्नेमा गौतमले जोड दिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष कृष्णबन्धु पिया, निवर्तमान अध्यक्ष कल्याण जोशी, वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.