चितवनमा विश्व सिमसार दिवस मनाइयो

चितवन, १९ माघ । विविध कार्यक्रम गरी चितवनमा पनि विश्व सिमसार दिवस मनाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवनले यस वर्षको विश्व सिमसार दिवस विविध कार्यक्रम सहित तीन दिन मनाउँदै छ । ssss

सोमबारदेखि मनाउन सुरु गरिएको विश्व सिमसार दिवसमा चितवनमा पनि विविध कार्यक्रम गरी बुधबार समापन गरिदैछ । विश्व सिमसार दिवसको अवसर पारी सोमबार टिकौली ताल सफाइ, बुलबुले ताल सफाई, नदी सफाई गरिएको थियो भने मंगलबार सिमसार दिवसको दिनमा सिमसार संरक्षण सम्बन्धी ¥याली, सिमसार संरक्षण सम्बन्धी नाटक, बीस हजार ताल सफाई, बिस हजार ताल संग्रहालय, चेतनामूलक वक्तृत्वकला लगायतका कार्यक्रमहरु भएका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पस र वातावरण विज्ञान क्लब सप्तगण्डकी क्याम्पसरले चेतनामूलक ¥याली निकालेका थिए । सिमसार दिवसको अन्तिम दिन सामुदायिक हस्तकला केन्द्रको अवलोकन, तारबार अवलोकन, समुदायसँग अन्तरक्रिया, अठ्ठाइस हजार ताल सफाई लगायतका कार्यक्रम गरीने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले बताएका छन् ।

विश्वका महत्वपूर्ण सिमसार क्षेत्र सम्बन्धी इरानको रामसार भन्ने सहरमा भएको सम्मेलनले सिमसार सम्बन्धमा अन्तर्राष्ट्रिय महासन्धि गरेको थियो । त्यसैको सम्झना स्वरुप विश्वभर फेब्रुअरी १९ लाई विश्व सिमसार दिवसको रुपमा मनाउने गरिन्छ । इरानमा गरिएको रामसार महासन्धिमा हालसम्म विश्वका एक सय ६९ राष्ट्रले हस्ताक्षर गरेका छन् ।

विश्वका करिब दुई हजार दुई सय आठ वटा सिमसार क्षेत्र विश्वका महत्वपूर्ण सिमसार क्षेत्रको रुपमा रामसार सूचीमा सूचीकृत भएका छन् भने यस सुचिमा नेपालका नौ वटा सिमसार क्षेत्रलाई समावेश गरिएको छ । सिमसार क्षेत्र वातावरणीय, सामाजिक, आर्थिक र धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ ।

सिमसार क्षेत्रको खण्डिकरण, मिचाहा प्रजातिका वनस्पतीहरुको प्रकोप, विषादीबाट हुने पानीको प्रदुषण, कृषि क्षेत्रमा हेने अघिक रासायनिक मलको प्रायेग, सिमसारबाट प्राप्त हुने श्रोतहरुको अधिक दोहन जस्ता कारणले सिमसार क्षेत्रहरु संंकटमा पर्ने गरेको प्रमुख संरक्षण अधिकृत कंडेलले बताए ।

आगामी वर्षको साउन १९ गते संरक्षणमा चेतना फैलाउने उद्देश्यले मौन वनभोजको आयोजना गरिने कंडेलको भनाइ छ । संरक्षणकर्मीहरु बीस हजार ताल र त्यसका सहायक तालहरुको अवलोकनपछि बनभोजमा सहभागी हुने कंडेलले बताए ।

वर्षाको पानीलाई संचित गरी नदीमा अधिक पानीको बहावबाट हुने बाढीलाई नियन्त्रण गर्ने, जमिन मुनिको पानीलाई आध्यावधिक गर्ने, सिमसार क्षेत्रहरु पर्यटन विकासको आधार हुने, सिमसार पवित्र क्षेत्र स्नान, घाट, सयर स्थलको रुपमा समेत महत्वपूर्ण मानिन्छ । भविष्यको लागि सिमसारः दिगो जिविकोपार्जनको आधार’ भन्ने नाराका साथ यस वर्षको विश्व सिमसार दिवस मनाइएको हो ।

Leave a Reply

Your email address will not be published.