चिकेन फेष्टिबलमा १७ वटा अण्डा तथा १४ वटा मासुको परिकार

चितवन, १९ माघ । रत्ननगर महोत्सव अन्र्तगत आयोजना गरिएको चिकेन फेष्टिबलको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघले कुखुराको उत्पादन र प्रयोग बढाउन रत्ननगरको टाँडी चोकमा चिकेन फेष्टिवल गर्न लागिएको हो । माघ २१,२२ र २३ गते तीन दिन टाँडी बजारमा फेष्टिवल हुदैछ ।mahosav

नेपाल सरकार, पशु सेवा विभाग,पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय र नेपाल अण्डा उत्पादक संघको सझेदारीमा आयोजना गरिएको सो फेष्टिवल सम्पन्न गर्न आवश्यक पर्ने ९५ प्रतिशत काम सकिएको फेष्टिवलका संयोजक तथा संघका पूर्व अध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

फेष्टिवलका लागि आन्तरिक तयारी लगभग सकिएको र स्थान व्यवस्थापन र स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । रत्ननगरमा पहिलो पटक गर्न लागिएको सो फेष्टिवललाई भब्य बनाउन टाँडी बजार सरसफाई र बजार श्रृगार्ने काम भईरहेको उनले बताए ।

टाँडी बजारको दायावाया ५० वटा स्टल राखेर चिकेन फेष्टिवल गर्न लागिएको महोत्सव मुल समरोह समितिका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए । फेष्टिवलमा चिकेनवाट बन्ने विभिन्न परिकार राखिने छ ।

प्रर्दशनी तर्फ कुखुराको मासु र अण्डा प्रयोगवाट हुने फाईदा तथा उत्पादनको प्रक्रियाका बारेमा जानकारी समेत गराईने छ । चिकेन फेष्टिवलको संयोजन कुखुरा व्यवसायी संघ पूर्वी चितवनले गरेको छ । फेष्टिवलमा १७ वटा अण्डा तथा १४ वटा मासुको परिकार बनाउने योजना रहेको कुखुरा व्यवसायी संघ पूर्वी चितवनका संयोजक तथा फेष्टिवलका सहसंयोजक रघुनाथ भट्टले जानकारी दिए ।

स्टर लेभलका होटलहरुमा काम गरिरहेका भान्सेहरुलाई टाँडी ल्याई स्थानीय रेष्टुरेण्टका भान्सेहरुलाई तालिम दिएर फेष्टिवलमा परिकार बनाउन लगाईने उनले बताए । चितवन पोल्ट्रीको राजधानी हो ।

त्यसमा पनि ६० प्रतिशत कुखुरा र कुखुराजन्य उत्पादन पूर्वी चितवनमा हुने गरेको छ । चितवन पोल्ट्रीको राजधानी भएकाले पनि चिकेन फेस्टिवल महत्वपुर्ण सावित हुने सहसंयोजक भट्टले बताए । फेस्टिवलमा कुखुराका विभिन्न परिकार वनाएर स्वाद पस्कने आयोजकको तयारी छ । भारतीय नाकावन्दी र मधेश आन्दोलनका कारण चितवनको पोल्ट्रीमा गम्भीर असर परेको छ ।

उत्पादन र खपत घटिरहेका वेला फेष्टिवलले बजारीकरणका लागि सघाउन महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष विसुरालले बताए ।

Leave a Reply

Your email address will not be published.