आज माघ १९, प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा सम्झना गरिदै

चितवन, १९ माघ । आज माघ १९ गते प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा सम्झना गरिदैछ । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका सबै शक्ति आफू केन्द्रित गरेर नागरिकको अधिकार कुण्ठित पारेको दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता च्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरेपनि शाहको विरुद्धमा झन धेरै समर्थन जुटेको थियो ।black day

सञ्चार सेवा बन्द गरेर, दलका नेताहरुलाई नजरबन्दमा राखेर, धर्ना जुलुस जस्ता कार्यक्रममा पनि प्रतिवन्ध लगाइएको थियो । पछि नागरिकक र राजनीतिक दलको आन्दोलनले शाहलाई हटाइएपछि संविधानसभाको चुनाव गरेर राजनीतिक दलहरुले अहिले देश सञ्चालन गरिरहेका छन् । दोस्रो संविधानसभाको चुनावपछि अहिले संविधान बनेको छ । तर, संविधान बनेसँगै मधेसीमोर्चामा रहेका दलहरुले असन्तुष्टि जनाएपछि त्यसको कार्यान्वयनमा भने केही जटिलता देखिएका छन् ।

Leave a Reply

Your email address will not be published.