बसको ठक्करबाट एकजनाको मृत्यु, अर्का घाइते

धादिङ, माघ १९ । धादिङको नौबिसेमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् ।accident

मृत्यु हुनेमा मोटरसाईकलमा सवार पहिचान नखुलेका एक पुरुष छन् ।

गम्भीर घाईते भएका एक जनालाई उपचारका लागि काठमाडौंतर्फ पठाईएको प्रहरीले जनाएको छ ।

आज बिहान सवा ७ बजे काठमाडौंबाट चितवनतर्फ जादैँ गरेको बा६२प ५७१७ नम्बरको मोटरसाईकललाई काठमाडौंबाट धादिङवेशीतर्फ जादैँ गरेको बा३ख ६१३८ नम्बरको बसले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएकोे छ ।

Leave a Reply

Your email address will not be published.