हारती माँमा हिरोको ड्यास स्कुटर सार्वजनिक

चितवन, १९ माघ । हिरो ब्राण्डले ल्याएको ड्यास स्कुटरको भरतपुर ओरालोमा रहेको हारती माँ इन्टरप्राइजेजले सोमबार सार्वजनिक गरेको छ ।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालि ज्योतिभवन कान्तिपथले कात्तिक १३ गते देखि यस स्कुटर नेपाली बजारमा ल्याएको थियो । hero secoterएक सय ११ सि.सि इन्जिन क्षमता रहेको यस स्कुटरको हारती माँ इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सुरज शाक्यले चितवनमा सार्वजनिक गरेका हुन् । हेर्दा आकर्षित र स्पोर्टी देखिने हिरो ड्यास विभिन्न आकर्षक वाह्य तथा प्राविधिक विशेषता सहित बजारमा आएको कम्पनीले जनाएको छ ।
हिरो कम्पनीले बजारमा ल्याएको ड्यास स्कुटर युरो थ्री टेक्नोलोजीबाट बनाइएको कारण स्कुटी स्टार्ट गरेपछि हेडलाइट आफै बलिराख्ने कम्पनीले जनाएको छ । यस स्कुटरमा माइन्टिग्रेटेड ब्रेकिङ सिस्टम, टेलिस्कोपिकफ्रण्ट सस्पेन्सन र ट्युबलेस टायर रहेका छन् । स्कुटरमा मोवाइल चार्जर गर्ने, सर्भिसिङ गर्ने बेला भएपछि स्वतः जानकारी पाइने, चोरी हुनबाट रोकिने एण्टिथेफ्ट इम्मोबिलाइजर र मर्मत गर्न नपर्ने ब्याट्री स्कुटरको विशेषता भएको सोमबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
हिरो ड्यास स्कुटरले अन्य स्कुटरको भन्दा बढी माइलेज दिने र प्रति लिटर पेट्रोलले ६५ किलोमिटरसम्म चल्ने तथा छ लिटरको पेट्रोल क्षमता रहेको जनाइएको छ । दुई वटा मोडलमा उपलब्ध स्कुटरमध्ये एलएक्स मोडलको एक लाख ६७ हजार पाँच सय रुपैयाँ र भीएक्स मोडलको मूल्य एक लाख ७१ हजार रुपैयाँ पर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.