चितवनमा राजश्व संकलनमा सुधार

चितवन, १९ माघ । आन्तरिक राजश्व कार्यालय चितवनमा जम्मा हुने राजश्व सन्तोषजनक रहेको छ । कार्यालयलको तथ्यांक अनुसार पुस महिनामा संकलन हुने राजश्वमा सुधार आएको हो ।kara ko
आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०७२/७३ को पुस मसान्तमा लक्ष्यभन्दा करिब दुई प्रतिशत बढी राजश्व संकलन गरेके छ । कार्यालयले पुस मसान्तमा ७९ करोड ५० लाख ८९ हजार रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य लिएकोमा ८१ करोड पाँच लाख १९ हजार रुपैयाँ राजश्व असुली गरेको हो । कार्यालयले पुस महिनामा लक्ष्य भन्दा एक करोड ५४ लाख ३० हजार रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको हो ।
यस अवधीमा कार्यालयले सबैभन्दा बढी राजश्व अन्तशुल्क बापत ५९ करोड ५३ लाख १० हजार रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, आयकर बापत १२ करोड ९४ लाख ३५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर बापत छ करोड ८३ लाख ५१ हजार रुपैयाँ, घर बहाल कर बापत ९४ लाख ३९ हजार रुपैयाँ, शिक्षा सेवा कर बापत ३२ लाख ३२ हजार रुपैयाँ, व्याज कर बापत ३१ लाख ३३ हजार रुपैयाँ र स्वास्थ्य सेवा शुल्क बापत १६ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
भारतले अघोषित रुपमा गरेको नाकाबन्दी र तराई आन्दोलनका बापजुध पनि कार्यालयले लक्ष्य भन्दा करिब साढे एक करोड रुपैयाँ बढी राजश्व संकलन गरेको हो । कार्यालयले पुस महिनामा लक्ष्य भन्दा केही बढी राजश्व संकलन गरेको भएपनि चालु आर्थिक वर्षको छ महिनाको अवधीमा संकलन गर्ने राजश्वमा भने गिरावट आएको छ । कार्यालयले पुस महिनासम्म पाँच अर्ब २२ करोड ३९ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा चार अर्ब ४७ करोड ३६ लाख ६३ हजार रुपैयाँ मात्र राजश्व असुली गर्न सफल भएको हो ।
कार्यालयले पाँच महिनामा असुली गर्ने लक्ष्यभन्दा ७५ करोड दुई लाख ९८ हजार रुपैयाँ कम राजश्व संकलन गरेको हो । कार्यालयले चालु आर्थिक वर्ष २०७२÷७३ को पुस मसान्तसम्म सबैभन्दा बढी राजश्व अन्तशुल्क बापत तीन अर्ब ५४ करोड २६ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ । यस अवधीमा कार्यालयले सबैभन्दा थोरै राजश्व शिक्षा सेवा कर बापत एक करोड ३१ हजार रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published.