हबल्दार र जवान नै अपहरणमा लागेपछि‘…

 

मकवानपुर, १९ माघ । सामान्यतया देशको सेवक, रक्षक सशस्त्र प्रहरीले सुरक्षा होइन्, डकैती र अपरण गर्छभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

हो, यस्तै घटना भएको छ मकवानपुरमा । जहाँ सशस्त्र प्रहरी नै अपहरण र डकैतीमा संलग्न भएको छ । मकवानपुर प्रहरीले अपहरण र डकैती गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।dpomakwanpur

पक्राउ पर्नेहरुमा मूख्य योजनाकारहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका ५ शान्तिनगर बस्ने २७ वर्षीय संजोक मोक्तान, हेटौंडा–८ का २७ वर्षीइ नविन बर्तौला, सर्लाही हरिवन नपा–८ घर भई औद्योगिक सुरक्षा बेस क्याम्प पशुपति नगरमा शसस्त्र प्रहरी सहायक हवल्दार पदमा कार्यरत २९ वर्षीय ज्योती नेपाली, सहयोगीको रुपमा रहेका बर्दिया सानीश्री गाविस–२ घर भई सो बेस क्याम्पमा कार्यरत शसस्त्र प्रहरी जवान २७ वर्षीय तेजबहादुर सुनार र सहयोगीकै रुपमा हेटौंडा–८ का २८ वर्षीय अर्चन पुन रहेका छन् ।

उनीहरुले माघ १६ गते हेटौंडा उपमहानगरपालिका–२४ फुर्केचौर बस्ने सुमिन्त्रा मेडीकलका संचालक मधुरेन्द्र प्रसाल जयस्वाललाई अपहरणगरि फिरौती रकम माग गरेका थिए । आइतबार फिरौती रकम लिन पुगेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

सुरुमा मोटरसाईकल बिग्रियो सहयोग गर्नुपर्यो भनी पिडितको पूर्व परिचित संजोकले जंगलस्थित बाटोमा बोलाई ५ जनाको समूहमा रहेका व्यक्तिहरु मध्येका एक जनाले म असई हो भनी परिचय पत्र देखाई अन्यले पछाडीबाट समाती आँखामा पट्टी बाँधी कराईस् भने मारी दिन्छौं भनी मोटरसाईकलमा बसाई अन्दाजी ४०० मिटर जंगलभित्र लगेका थिए ।

त्यहाँ उनीहरुले आँखाको पट्टी खोली कुटपिट गर्दै कन्चटमा पिस्तोल राखी ५ लाख दे नत्र मारेर फाली दिन्छौं भनी लागुऔषधको ट्याब्लेटको पत्ता जयस्वालको हातमा राखी फोटोसमेत खिचेका थिए ।

सो फोटो देखाएर लागुऔषध मुद्धामा फसाउछौं भनि धम्कीसमेत दिएको पीडितले बताए ।

उनलाई सोही दिन मोटरसाईकलमा राखी मेडिकलमा लिई गई घर्रामा भएको रु ८५००, करिब पौने एक तोलाको सुनको औंठी र सवारी चालक अनुमतिपत्र लिई भोलिसम्ममा रु ५ लाख नदिए मारी दिन्छौं भनी धम्की दिई गएको प्रहरीले बताएको छ । त्यसको अर्को दिन फिरौती रकम लिन जाने बेलामा प्रहरीको फन्दामा परेको हो ।

यस्तै मकवानपुर प्रहरीले जडीबुटी ब्यापारको लाईसेन्स बनाईदिन्छु भनि ठगी गर्ने भक्तपुर उपमहानगरपालिका–१६ बस्ने होमबहादुर पौडेललाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published.