गैरआवासीय नेपाली संघमा थपिए १० जना सल्लाहकार

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा जना थप भएका छन् । शनिवार सम्पन्न आईसीसी वैठकले गैरआवासीय नेपाली संघलाई महत्वपूर्ण सहयोग गर्ने बिभिन्न मुलुकका १० जनालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता रन्जु थापाले जानकारी दिइन ।nrn
ल्च्ल्ब् क्उबष्लजसमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, संघका पूर्व उपाध्यक्ष टीवी कार्की, संघका पूर्व प्रवक्ताहरु डा। जुगल भुर्तेल र मन केसी, कानुनबिद् विश्वकान्त मैनाली, डा.गणेश गुरुङ, पूर्व महासचिव रतन झा, क्यानडाका एनआरएन राधा पौडेल, बेलायतका डमर घले र एनआरएन मलेसियाका पूर्व अध्यक्ष शंकरबहादुर पौडेल रहेका छन् ।
बैठकले गैरआवासीय नेपाली संघका नियमावली र कार्यविधिहरुमा देखिएका शाब्दिक अस्पष्टता हटाउने बारेमा सुझाव दिन कानुनबिद्हरुको समूहकहाँ पठाउने निर्णय समेत गरेको छ ।
आइसीसीको अघिल्लो वैठकले गरेका निर्णयका बिषयमा केही पदाधिकारीहरुले असहमति जनाउँदै सार्वजनिक अभिब्यक्तिहरु दिएपछि शनिवारको वैठकमा भने त्यो बिषय उठेन् ।
नियमावलीमा केही अस्पष्टताहरु रहेको देखिएको भन्दै वैठकले त्यसमा समायानुकुल परिवर्तन र समिक्षाका लागि कानुनबिद्कहाँ पठाउने सर्वसम्मत निर्णय गरेको छ ।
यसैगरी पछिल्लो पदाधिकारी वैठकले गरेको सिफारिसअनुसार बिभिन्न टास्कफोर्स तथा समितिहरुको संयोजक तथा सदस्यहरको नियुक्ति र पदपूर्तिसमेतलाई वैठकले अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published.