रत्ननगर महोत्सव डेढ लाख दर्शकद्धारा अवलोकन

चितवन, १८ माघ । पुर्वी चितवनको टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा अहिले सम्म करिव डेढ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ ।

mahosavमहोत्सवको पाँचौ दिन  सम्म एक लाख २५ हजार भन्दा वढि दर्शकले अवलोकन गरेको आयोजक रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवंम मेला व्यवस्थापन समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा आठौ रत्ननगर महोत्सव यही माघ १४ गतेदेखी सुरु भएको हो । महोत्सवको पाँचौ दिन सोमवार मात्रै १५ देखी २० हजारको हाराहारीमा दर्शकले अवलोकन गरेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वताए ।

महोत्सव अन्र्तगत सोमवार भएको सांस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक मिलन लामाले उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे । अपरान्हतिर स्टेज चढेका स्थानिय समेत रहेका गायक लामाले आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई नचाएनन् मात्रै मन जित्न समेत सफल भए । उनले छम्म छम्म नाचीदेउ कम्मर वाँचेर,वेसारेको मन छैन मन मात्रै लगायत आधा दर्जन गीत प्रस्तुत गरे । गायक लामा र गायिका दुर्गा सापकोटाको लोकदोहोरीमा दर्शकहरु झुमेका थिए ।

सोमवारनै जादुगर वलराम सरकारको जादु,स्यावास गुईठे टोलीको प्रहसन र डान्स एकेडेमी रत्ननगरका कलाकारहरुको नृत्य समेत रहेको संघका निवर्तमान अध्यक्ष दिपककुमार कर्मचार्यले जानकारी दिए । महोत्सवको छैटौ दिन मंगलवार भद्रगोल टोलीको प्रहसन रहने कर्मचार्यले वताए । कृषि,पर्यटन र वैकप्लिक उजलाई प्राथमिकता दिईएको महोत्सव यही माघ २४ गते सम्म चल्नेछ ।

महोत्सवको नृत्यमा पिस भिजन प्रथम

रत्ननगर महोत्सवमा भएको जगत कृष्ण प्रजापति स्मृति विद्यालय स्तरीय नृत्य प्रतियोगितामा पिस भिजन इंग्लिस वोडिङ प्रथम भएको छ । त्यस्तै स्काई राईडर आवासीय मावि द्धितिय तथा वैरिया मावि तृतिय भएको सांस्कृतिक कार्यक्रम सदस्य रमेश राना मगरले जानकारी दिए । १८ वटा विद्यालयको सहभागीता रहेको सो प्रतियोगितामा एन्जल्स वल्र्ड वोडिङले सान्त्वना स्थान हासिल गरेको मगरले वताए । विजयी विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार आउँदो शनिवार पुरस्कृत गरिने आयोजकले वताएको छ ।

परेवाकोट दुर्घटनामा मृत्यु भएका रत्ननगर उद्योग वाणिज्य संघका तात्कालिन कार्यसमिति सदस्य जगतकृष्ण प्रजापतिको स्मृतीमा प्रत्येक महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिदै आएको छ ।

महोत्सव अन्र्तगत सोमवार निशुल्क आँखा शिविर समेत सम्पन्न भएको छ । रत्ननगर महोत्सव अन्तर्गत स्वास्थ्य तथा प्राथमिक उपचार समितिको आयोजनामा प्रत्येक दिन स्वास्थ्य शिविर संचालन गरिदै आएको छ ।

सोमवार आँखा शिविर सम्पन्न भएको र मंगलवार नाक,कान र घाँटीको निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन हुने स्वास्थ्य तथा प्राथमिक उपचार समितिका संयोजक रविन जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.