काग्रेस महाधिवेशन अपडेट

चितवन, १८ माघ । नेपाली कांग्रेस रत्ननगर नगर समितिको सभापतिमा रुपनराज घिमिरे विजयी भएका छन् ।
निटकतम प्रतिद्वन्दी सम्मरबहादुर मल्ललाई २४६ मत अन्तरले पछि पार्दै घिमिरे विजयी भएका हुन् । घिमिरेले ८५३ मत प्राप्त गरे भने उनको प्रतिद्वन्द्वी सम्मरबहादुर मल्लले ६०७ मत प्राप्त गरे ।

nc-flagघिमिरे संस्थापन र मल्ल देउवा प्यानलका हुन् ।
सभापतिका उम्मेद्वारहरु गोविन्द गौतमले ५१४, भरत खनालले ४१५ र महेशप्रसाद रौनियारले ९० मत पाए । त्यसैगरी नगर सचिवमा देवेन्द्रबहादुर भुजेल ७७० मत प्राप्त गरी विजयी भएका छन् । सचिव पदका अन्य उम्मेद्वारहरु मणिप्रकाश खतिवडाले ६९१, कृष्ण खतिवडाले ५०३ र जीवनाथ अधिकारीले ४३८ मत प्राप्त गरेको निर्वाचन अधिकृत नारायण चालिसेले जानकारी दिए ।
कोषाध्यक्षमा शिवप्रसाद बराल विजयी भएका छन् । प्रतिस्पर्धी शारदा न्यौपानेलाई पछि पार्दै बराल विजयी भएका हुन् । बरालले ११ सय ५२ र न्यौपानेले एक हजार ७७ मत प्राप्त गरेका थिए । नगर सदस्यमा कष्णप्रसाद सापकोटा, केदारप्रसाद चापागार्इं, अपिल अधिकारी, अमृत पोखरेल, मीना गुरूङ, यामु पौडेल, शिवकान्त पौडेल र सीतादेवी शर्मा विजयी भएका छन् । नगर सदस्यमा ८ जनाको लागि १८ जनाको उम्मेद्वारी परेको थियो ।
त्यसैगरी नेपाली कांग्रेस खैरहनी नगर समितिको सभापतिमा शशी खनियाँ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी तेजप्रसाद बर्तौलालाई ४३७ मत अन्तरले पछि पार्दै खनियाँ विजयी भएका हुन् । जितका लागि खनियाँले एक हजार ११७ मत प्राप्त गरेका थिए भने बर्तौलाले ६८० मत मात्र पाए ।
त्यस्तै, सचिव पदमा हरिप्रसाद सापकोटा विजयी भएका छन् । प्रतिस्पर्धी इन्दु खनाललाई पछि पार्दै सापकोटा विजयी भएका हुन्् । सापकोटाले एक हजार १७४ मत प्राप्त गरे भने खनालले ५४० मत पाइन् । कोषाध्यक्ष पदमा शनिबार नै बसन्त चौधरी सर्वसम्मत भएका थिए ।
नगर सदस्यमा कालिका चौधरी, चन्द्रकान्त न्यौपाने, प्रेमनाथ नेपाल, भगवती खरेल, भजनप्रसाद मुडवरी, विवेक पाण्डे, शोभा कुमारी सापकोटा र सिला उप्रेती विजयी भएका छन् । ८ जना नगर सदस्यको लागि १२ जनाको उम्मेद्वारी परेको थियो । त्यसैगरी नेपाली कांग्रेस कालिका नगर समितिको सभापतिमा राजु श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी प्रेमकुमार श्रेष्ठलाई ४३० मत अन्तरले पछि पार्दै राजु विजयी भएका हुन् । सचिवमा रेशम खड्का र कोषाध्यक्षमा नारायणदत्त कँडेल निर्विरोध निर्वाचित भएका थिए ।
नगर सदस्यमा ठाकुर लामिछाने, मछिन्द्र पाण्डे, अशोक पाख्रिन, इन्द्रबहादुर थापा, धर्मदत्त गौतम, मिलन पाण्डे, राजन रेग्मी र गुणराज दुवाडी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.