सपना भिलेजले चित्रसारीको स्कुललाई दियो खेलकुद सामाग्री (तस्वीर सहित )

चितवन, १८ माघ । पूर्वीतवनसपना भिजेज सोसल ईम्प्याक्ट सौराहा र चान्स फर नेपाली बार्बरा डाट्सनको संयुक्त प्रयासमा आज रत्ननगरको चित्रसारी स्थित श्री माध्यामिक विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरिएको छ ।
sapana 1
रु १५ हजार भन्दा बढीको खेलकुद सामाग्री आज विद्यालयलाई हस्तान्तरण गरिएको सपना भिलेज सोसल ईक्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
यसरी वितरण गरिएको सामाग्रीमा फुटवल ५ वटा , भलिवल ५ वटा, भलिवलको नेट ३ , व्याडमिनटन २ दर्जन , कक ४ पाकेट , स्किपिंग, डोरी, तथा प्राथमिक उपचार सामाग्रीहरु रहेका छन् । आज एक कार्यक्रमका विच गिरीले विद्यालयका प्रधानाध्यापक सुर्य आचार्यलाई उक्त सामाग्री उपलव्ध गराउनुभएको हो ।sapana 2

 

यहाँ विगत ४ बर्षदेखि ५५ जनालाई बालबालिकाहरुलाई सपना भिलेजले खाजा खुवाउँदै आएको छ । उनीहरुको खाजाका लागि बार्षिक करिव रु २ लाख खर्च हुने गिरीले जानकारी दिनुभयो ।

स्कुलका अनुसार खाजा कार्यक्रम चलाएपछि यहाँ विद्यार्थीहरु नियमित आउन थालेका छन् । यस्तै सफना भिलेजले स्कुलमा शुद्धपानीसँग लाईवेरी, ट्वाईलेट निर्माण लगायत विभिन्न क्षेत्रमा पनि सहयोग गरेको जनाएको छ ।sapana 3

Leave a Reply

Your email address will not be published.