कालिकामा यामाहाको नयाँ मोटरसाईकल सार्वजनिक

चितवन, १८ माघ । यामाहा मोटरसाईकलको आधिकारीक विक्रेता एमएडडव्लु इन्टरप्राईजेजले नयाँ मोटरसाईकल वजारमा ल्याएको छ । १ सय २५ सिसि क्षमता भएको यामाहा सलुटो मोटरसाईकल वजारमा ल्याएको हो । नयाँ मोडलको मोटरसाईकलको सोमवार खैरहनीको पर्सा स्थित यामाहा कालिका मोटरसाईकल पार्टसमा सार्वजनिक गरियो ।20150916095227_Yamaha Saluto (4)

खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले सो मोटरसाईकलको सार्वजनिक गरेका हुन् । सो अवसरमा वोल्दै संघका अध्यक्ष श्रेष्ठले इन्धनको अभावका वेला यति धेरै माईलेज दिने मोटरसाईकल वजारमा आउँदा ग्राहकले राहतको महसुस गर्ने वताए ।

काठमाडौ वाहिर पहिलो पटक सार्वजनिक गरिएको सो मोटरसाईकलले प्रति लिटर ७८ किलो मिटर दौडन सक्ने क्षमताको रहेको कालिका मोटरसाईकल पार्टसका संचालक उत्तम अधिकारीले जानकारी दिए ।

मोटरसाईकल सार्वजनिक कार्यक्रममा चितवन अटो मोवाईल्सका उपाध्यक्ष नवराज डल्लाकोटी,इन्टरप्राईजेजका वजार प्रतिनिधी सुर्य ओझा,कन्चन सिलवाल लगायतले वोलेका थिए । विगत २१ वर्षदेखी सेवा प्रदान गर्दै आएको कालिका मोटरसाईकल पार्टसले प्रति मोटरसाईकल विक्रीबाट २ सय रुपैया छुट्याई सामाजिक क्षेत्रमा पनि खर्च गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.