चितवन प्रहरीद्धारा दुई फरार अपराधी पक्राउ

चितवन, १८ माघ  । जिल्ला प्रहरी कार्यालय चितवनले विशेष अभियान अन्तरगत फरार दुई जना अपराधीलाई पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्न रही अदालतले कैदरजरिवाना तोकेको फरार अभियुक्तहरुलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको हो ।

चितवन जिल्ला अदालतबाट २०५६ साउन २४ गते फैशला भई १५ वर्ष कैद सजाँय तोकेको मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त चितवनको रत्ननगर न.पा.वडा नं.४ स्थाई ठेगाना भएका नाईटे भनिने गोरेबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँको व्यास नगरपालिका–२ दमौली बजारमा आफ्नो पहिचान बदली बस्दै आएको गोप्य सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी दमौलीबजारमा घर बनाई नाम परिवर्तन गरी रमेश बि।क।नामको पहिचान बनाई बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले आज सोमबार दमौली बजार स्थित घर ठेगानाबाट पक्राउ गरीएको हो ।

यस्तै चितवन प्रहरीले ५ वर्ष कैद सजाँय तोकेको फरार अपराधी महिलालाई पनि पक्राउ गरेको छ ।

विशेष अभियान अन्तर्गत नै पाँचथर जिल्ला अदालतबाट फैसला भई ५ वर्ष कैद र रु.५० हजार जरिवाना तोकेको मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त चितवनको भरतपुर उपमहानगरपालिका–१७ ९साविक मंगलपुर गा।बि।स।वडा नं।९० बस्ने वर्ष ३२ की बिमाया सार्कीलाई वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक सत्य नारायण थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको हो ।

उनलाई आज चितवन जिल्ला अदालतमा पेश गरेपछि अदालतको आदेशमा कारागार कार्यालय भरतपुरमा थुनामा पठाएको प्रहरीले जनाएको छ ।