चीनले दियो क्यान्सर अस्पताललाई २३ करोडको उपकरण

चितवन, १८ माघ ।  विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चिनियाँ सरकारले रु। एक करोड ४० लाख युआन अर्थात् रु। २३ करोड ३० लाख बराबरको महत्वपूर्ण उपकरणहरु सहयोग गरेको छ ।Cancer-Hospital-bharatpur

अस्पतालका कार्यकारी निर्देशक डा.चीनबहादुर पुनका अनुसार सघन उपचार कक्षलाई आवश्यक पर्ने उपकरणसहित २७ प्रकारका उपकरण सहयोग गरेको छ ।

उहाँका अनुसार सबैभन्दा महंँगो अत्याधुनिक ६४ ‘स्लाइसको सिटिस्क्यान’ प्रदान गरेको छ । जसको मूल्य रु १३ करोड १७ लाख १३ हजार पर्दछ । अस्पतालमा रहेको सिटिस्क्यान बिग्रिएपछि विगत दुई वर्षदेखि बिरामी निजी अस्पतालमा जान बाध्य भएका थिए ।

त्यसैगरी ‘मोमोग्राफी ब्रेष्ट’ एक्सरे मेसिन पनि चीन सरकारले उपलब्ध गराएको छ । जसको मूल्य रु एक करोड ९७ लाख १३ हजार पर्दछ । विगत नौ वर्षदेखि सो उपकरण बिग्रिएर थन्किएपछि बिरामी बाहिर जान बाध्य भएका थिए ।

कार्यकारी निर्देशक पुनका अनुसार चीन सरकारले रु पाँच लाख ७५ हजार ७५० पर्ने बिना चिरफार शल्यक्रिया गर्न सकिने लेजर मेसिन, रु २२ लाख ७४ हजार पर्ने इन्डोस्कोपी, रु २७ लाख सात हजार पर्ने फोक्सोको क्यान्सर हेर्न मिल्ने ब्रोन्कोस्कोपीलाई, रु ५७ लाख ८४ हजार पर्ने प्रोटेवल डिजिटल अल्ट्रासाउण्ड मेसिन, रु २४ लाख ९१ हजार पर्ने आन्द्राको क्यान्सर हेर्ने क्रोनोस्कोप मेसिन सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published.