चितवनमा करिब सय भन्दा बढी अजिंगरहरु उद्धार

चितवन, १८ माघ । चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष करिब सय भन्दा बढी अजिंगरहरु उद्धार गरेर छोडिएको छ ।

20160130_110050राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डाक्टर चिरञ्जीवि पोखरेलले मध्यवर्ती क्षेत्रका विभिन्न क्षेत्रबाट अजिंगरहरुलाई उद्धार गरी निकुञ्जमा छोडिएको बताएका हुन् । जंगलबाट मानवबस्तीमा पसेका अजिंगरहरुलाई स्थानीय र संरक्षणकर्मीले उद्धार गरी निकुञ्जमा छोड्ने गरेका पोखरेलले जानकारी दिए ।

मिस नेपाल २०१५ तथा संरक्षण दूत इभाना मानान्धरले वन्यजन्तुको संरक्षणमा जुट्न पाउनु आफ्नो सौभाग्य भएको बताएकी छिन् । १८ वर्षीय युवा अनिलले समातेर ल्याएको अजिंगरलाई इभानाले चितवन राष्ट्रिय निकुञ्ज भित्र छोडेकी हुन् । वातावरण र जनावरप्रति एकदमै माया र सद्भाव हुने भएकाले संरक्षण दूत भएको मानन्धरको भनाइ छ ।
त्यसैगरी, श्रीजंग गण कसराका गणपति प्रमुख सेनानी सञ्जय देउजाले निकुञ्ज भित्र घाइते अवस्थामा फेला पारेको लाटो कसेरोलाई निकुञ्जको वन्यजन्तु सम्बन्धी उपचार गर्ने अस्पताललाई बुझाएका छन् । पंखेटा भाँचिएको अवस्थामा फेला परेको लाटो कसेरोको उपचारका लागि प्रमुख सेनानी देउजाले पशु चिकित्सक डाक्टर कमल गैरेलाई लाटो कसेरो बुझाएका हुन् । उक्त लाटो कसेरोलाई निकुञ्जको अस्पतालमा राखि उपचार पछि जंगलमा छोडिने डाक्टर गैरेको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.