नेताहरुको मनमा मानवता घुसाइदेउ भगवान

बिबिसी साझा सवालले सिन्धुपाल्चोकको भुकम्प पिडितहरुको दयनीय अवस्थाको बारेमा तयार गरेको एक भिडियोमा नायक राजेश हमालसँग सिन्धुपाल्चोककी किशोरी उजेलीले पोखेकी दर्दनाक पिडा, हाम्रो गाउँको मान्छेले त कहिले पनि सुख पाउदैन कि के हो रु मैले अहिले सम्म गाडी चढेको छैन । शहरमा अग्ला(अग्ला घरहरु हुन्छ रे, काठमाडौंमा धरहरा छ रे रु

यी अबोध किशोरीको भिडियो हेर्दाहेर्दै मेरो आखाँमा कतिबेला आशु बग्यो रु कति बग्यो र कतिबेला रोकियो पत्तै भएन । तुरुन्तै आफुले सकेको केहि सहयोग गर्ने मनस्थिति पनि बन्यो । अनि फेरी सोच्न थाले यी उजेली नानी त हाम्रो समाजको एउटा प्रतिनिधि पात्र हुन् । जसलाइ मिडियाले देख्यो, भेट्यो र हामीले हाम्रो समाज र देशको वास्तविक हबिगत अझै प्रस्ट देख्न सुन्न पायौ ।

लेखक
राम ढुंगाना ‘अल्पमत’

देशको कुनाकाप्चामा उजेली जस्तै लाखौ बालबालिकाहरु दुख र कष्टकर जीवन बाँचिराखेका छन् । कोही अल्पायुमै मर्न बाध्य छन् । हाम्रो सानो सहयोगले उजेलीले गाडी चढ्लिन् शहर देख्लिन् र पढ्न लेख्न पाउलिन् अनि अरु नानीहरु जो मिडिया सरकार र राज्यको पहुँच भन्दा धेरै टाढा छन् तिनीहरुलाइ कसले हेर्ने रु

हामी जनताले कतिलाइ सहयोग गर्न सकौला र मन भएर पनि रु हामी पनि त बिदेशी भुमिमा आफ्नो घर( परिवार र आफ्ना बालबच्चाहरुको लालनपालन र शिक्षादिक्षाको लागी संघर्ष नै गरिराखेका छौ । मन मात्रै भएर पनि त पुग्दैन ।

फेरी यो काम राज्यको हो , सरकारको हो । देश र जनताहरुको सेवा गर्छु भनेर चुनाव जितेर गएकाहरुको हो । जनताको करबाट तलब खाने कर्मचारीहरुको हो ।

उनीहरुले बुझ्नुपर्छ जनताको पिरमर्का । उनीहरुले दुखमा जनतालाइ साथ दिनुपर्छ । उजेलीको भत्केको घर बनाइदिनु पर्छ र उनले चाहेसम्म पढ्न पाउनु पर्छ ।

तर खै सरकार, खै राज्य रु को हो राज्य अनि कहा छ सरकार रु यदि यो देशमा सरकार भैदिएको भए, सरकारमा बसेका अधिकारीहरु जिम्मेवार भैदिएका भए, उजेली बहिनीको यो पिडादादायी भिडियो आउने थिएन । उनको पिडामा लाखौ नेपालीहरुले आशु बगाउन पर्ने थिएन

यो देश मानवता भएका जिम्मेवार अनि जनताहरु प्रति उत्तरदायी मान्छेहरुले चलाएका भए ‘उजेली’ किताब बोकेर स्कुलमा पढ्न जान्थिन्, पढेर यो देशको जिम्मेवार नागरिक बन्थिन्। आफ्नो अगाडि दुखको पहाड होइन, सुनौलो र उज्जवल भविष्य देख्थिन्।

उजेली बहिनीको भाग्य अभागी रहेछ, उनी भ्रष्ट नेताको छोरी भएर जन्मिनन् र देशको महगो बोर्डिंग स्कुलमा पढ्न सकिनन्। नत उनका बाबु भ्रष्ट सरकारी अधिकारी नै भए । उनको दुर्भाग्य गरिबको कोखमा जन्म लिइन्, अनि हाम्रो जस्तो देशमा गरिबले सुन्दर सपना देख्ने अधिकार सम्म छैन । उज्जवल भविष्य भनेको त थाहै हुदैन ।

तिमी जस्ता दुरदराजमा बस्ने छोरीहरुको भाग्यमा दुखै लेखिएको हुन्छ नानी । किनकी हाम्रो नेपालमा देश हाक्नेहरुको मनमा मानवता भन्ने चिज राख्न भगवानले बिर्सिदिए ।

भुँइचालो गएपछिका दिनहरुमा भुँइचालोले हामीलाइ पाठ सिकायो अब देश बनाउँछौ भनेका नेताहरुको भाषण माथि फेरी एकपल्ट विश्वास र भरोसा गरेका थियौ । सधै निराशामा बाँच्ने आदत परेका हामीले त्यतिबेला आशाको किरण देखेका थियौ ।

तर दुर्भाग्य फेरी उही पुरानै कुरा भाषण मात्रै, हाम्रो आशामाथी एकपटक फेरी कुठाराघात । समय अगाडि बढेर एकबर्ष पुग्न लागिसक्यो । नेताहरु बदलिएनन् देश बदलिएन र उजेली जस्ता हजारौ साना नानीहरु र बुढा बाआमाहरु चिसोमा घरबारबिहिन भएर जाडोमा काम्दै भोकभोकै रात कटाउन बाध्य भइराखेका छन् ।

भुइचालोमा बाँचेकाहरु र घरबार गुमाएकाहरु माथी चिसोले आफ्नो रवाफ देखाउँदैछ । किनकि उनीहरुको जाने ठाउँ कहि छैन । बस्ने बास छैन । खुल्ला आकाश मुनि रात बिताइराखेका छन् । लगाउने न्यानो कपडा छैन । चिसो र हिउँसँग प्रतिकार गर्दै मृत्यु लाइ जित्नुको बिकल्प छैन ।

कति लेख्ने कति गाली गर्नेरु मरेको मुर्दाको झै मन भएकाहरुले कहिले सुन्ने अनि महसुश गर्ने जनताको पिडा रु

हे भगवान सत्तामा बसेकाहरुको, भोट माग्ने बेलामा हात जोड्दै आउनेहरुको मनमा अलिकति भएपनि मानवता र संवेदना घुसाउदेउ । गरिबहरुको पिडा बुझ्न सक्ने मन बनाइँदेउ ।

हाल : इजरायल ,

Leave a Reply

Your email address will not be published.