विश्वकै सबैभन्दा कालो बच्चाको वास्तविकता

एजेन्सी ।  विश्वकै सबैभन्दा कालो बच्चा भनिदैँ सामाजिक सञ्जालमा भाइरल भइरहेको एक तस्बिरको वास्तविकता बाहिर आएको छ। कतै कालो बच्च त कतै बाँदरको बच्चा भनिदैँ सेयर भइरहेको यो न दक्षिण अफ्रिकामै पैदा भएको हो। अनलाइनमा खुबै बिक्रि भएको यो एक कलाकारको रचना हो।
फेसुबक र ह्वाटसएपमा भाइरल भएपछि यो बच्चा दक्षिण अफ्रिकामा जन्मेको दाबी गर्न थालिएको थियो। गिनिज बुकले ‘विश्वको सबैभन्दा कालो बच्चा’ मानेको, विश्वको आठौँ आश्चर्य आदि चर्चा चले।doll-2

वास्तवमा यो कुनै बच्चा होइन, पोलिमर क्ले बाट एक कलाकारले बनाएको बच्चाको मूर्ति मात्र हो। यसलाई अनलाइनमा ५० देखि ८० डलरमा किन्न सकिन्छ। यसको नाम Ooak baby gorilla monkey Clay Doll दिइएको छ।
आर्टिस्ट लीला पियरसनले यसलाई बनाएका थिइन। सन् २००५ बाट नै उनले यसको स्केच बनाउन सुरु गरेका थिइन। लीला पनि आफ्नो मूर्तिलाई सामाजिक सञ्जालमा सबैभन्दा कालो बच्चा बताएर भाइरल बनाइएको कुरालाई लिएर खुसी छैनन।

गिनिज बुकले पनि ‘विश्वको सबैभन्दा कालो बच्चा’ को रेकर्डमा परेको भन्ने चर्चालाई झुटो बताइसकेको छ।

Leave a Reply

Your email address will not be published.