छेच्यु थर्पलिङ गुम्बामा पुनः पञ्जबहादुर

चितवन, १६ माघ । छेच्यु थर्पलिङ गुम्बा संस्था भरतपुर–१० भोजाडको १३ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः पञ्जबहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिति चयन भएको छ ।

संस्थाको उपाध्यक्षमा दिलमाया लामा, महासचिवमा सुर्यप्रकाश लामा, सचिवमा पुष्टबहादुर पाख्रिन, कोषाध्यक्ष ओमराज तामाङ रहेका छन् । कार्यक्रममा बोल्दै तामाङ अगुवाहरुले बौद्ध धर्म शिक्षालाई व्यापकता दिईनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति चितवनका निवर्तमान अध्यक्ष तथा प्रमुख अतिथी मोहन लामाले आफ्नो धर्म, कला संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । साथै उनले नया“ युवा पिढीहरुले आफ्नो मौलिकता भुल्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भरतपुर नगर तामाङ समाजका अध्यक्ष गंगा तामाङले बौद्ध धर्म शिक्षाको विकासका लागि पहल थालिनुपर्नेमा जोड दिएका छन् । बौद्ध दर्शनलाई अंगिकार गरेकाहरुलाई यस सम्बन्धी थोरै पनि ज्ञान नहुदा समस्या भएको औल्याउदै उनले बौद्ध धर्म शिक्षालयको स्थापना जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा संस्थाका महासचिव सुर्यप्रकाश लामाको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ओमराज तामाङको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम छेच्यु थर्पलिङ गुम्बा संस्था भरतपुर–१०का अध्यक्ष पञ्चबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।