कुष्ठरोग दिवसको पुर्वसन्ध्यामा पत्रकारहरुसंग छलफल

चितवन, १६ माघ । ६३ औं कुष्ठरोग दिवसको पुर्वसन्ध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले शनिवार पत्रकारहरुसंग छलफल गरेको छ । १९७३ मा नर्वेका वैज्ञानिक डाक्टर जि.एन.ह्रयानसनले सुक्ष्म जिवाणु पत्ता लगाएर शुरु भएको कुष्ठरोगले मानिसको छाला र स्नायुमा असर पुराउंछ । श्वासप्रश्वास सहित हावाको माध्यमबाट सर्ने यो रोग किटाणु बढेको २ देखि ५ वर्ष पछि ढिलो देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग अधिकृत जयराम दवाडीले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७०/०७१ मा ३ हजार दुई सय २३ जनामा कुष्ठरोग देखिएकोमा आर्थिक वर्ष ०७१/०७२ को असार मसान्त सम्ममा घटेर २ हजार नौ सय ५९ जनामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ । जसमा वर्षको अन्तमा अघिल्लो वर्ष भन्दा १ सय ७१ जना बढिले उपचार लिएको जनाईएको छ ।

त्यस्तै अघिल्लो वर्षमा २०४ जना नयां बच्चा विरामी रहेकोमा अहिलेको आर्थिक वर्षको असार मसान्त सम्ममा बढेर ३ सय २१ जना पुगेका छन् । जसमा नयां विरामी मध्ये महिलाको संख्या यो आर्थिक वर्षको असार मसान्त सम्ममा १ हजार ८५ जना रहेका छन् । डव्लु.एच.ओ का अनुसार प्रति १० हजार जनसंख्यामा १ दशमलव १८ जना संक्रकित हुने तथ्याङ्क रहेको छ । आर्थिक वर्ष ०७०/०७१ नेपाल सरकारले ६७ जनालाई रोग सन्चो बनाएकोमा यो आर्थिक वर्ष ०७१/०७२ मा ६३ जना विरामी पुरा सन्चो भएको जनाएको छ ।

त्यस्तै गरी जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार असार मसान्तसम्म जिल्लाको साविक भण्डारा गाविसमा २ जना, पिप्लेमा १ जना, विरेन्द्रनगरमा १, जुटपानीमा २ र दिव्यनगरमा १ जनामा कुष्ठरोगका बिरामीहरु देखिएको जनाएको छ । त्यस्तै भरतपुर उपमहानगरपालिकामा २९ जना, खैरहनी नगरपालिकामा ७, माडी नगरपालिकामा ४, नारायणी नगरपालिकामा ५ र चित्रवन नगरपालिकामा ४ गरी ६० जन कुष्ठरोगका बिरामीहरु देखिएको जनाएको छ ।

जनस्वास्थ्य निरिक्ष्ँक अनुप अधिकारीका अनुसार कुष्ठरोगले सुरुमा छालामा प्रभाव पार्ने गर्दछ । सुरुमा छालामा फुस्रो, नचिलाउने विविरा जस्तो घाउ आई त्यो बिस्तारै शरिर भर फैलने गर्दछ । जसले गम्भिर समस्या निम्ताउने गर्दछ । कुष्ठरोगको विरुद्ध स्वास्थय स्वास्थ्यमा निशुल्क परामर्श तथा उपचारको व्यवस्था रहेको अधिकारीले जानकारी दिएका छन् ।

छिटो भन्दा छिटो भन्दा कुष्ठरोगीहरु पत्ता लगाएर पुर्ण रुपमा उपचार गर्न सके कुष्ठरोग निको हुने र अन्यलाई सर्ने सम्भावना कम हुने अधिकरीको भनाई छ । कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोईरालाको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published.