काग्रेस महाधिवेशन : भरतपुरको तीन नम्बर वडामा सर्वसहमत

चितवन, १६ माघ । नेपाली काग्रेस भरतपुर वडा नम्बर तिनको कार्यासमिति सर्वसहमत चयन भएको छ ।

नेपाली काग्रेस १३ औ महाधिवेशनका लागी आयोजित साधारण सभा तथा अबिधेसनले केशव प्रसाद जोसीको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

साथै अबिधेसनले ७ जना क्षेत्रिय प्रतिनिधी समेत सर्वसम्मत रुपमा चयन गरेको निवार्चन अधिकृत रमा निधि पन्तले बताए । वडा सदस्य तथा क्षेत्रिय प्रतिनिधी सर्वसम्मत चयन भएपछि नगर प्रतिनिधिका लागी मात्रै मतदान भएको उनले बताए ।

नर्व निवार्चित वडा सचिवमा बिनोद शर्मा, कोषाध्यक्षमा दिनेश पिया , सदस्यहरुमा नवराज श्रेष्ठ, बिश्वास श्रेष्ठ,संजिवकुमार श्रेष्ठ,संजय कुमार गुप्ता,सुगम पिया,संदिप जंग थापा,धुर्व कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्रिय प्रतिनिधिमा टंक पौडेल, राजन ताम्राकार,राजकुमार राज भण्डारी, केशव मर्हजन, महेश्वरलाल श्रेष्ठ र महिला प्रतिनिधिमा प्रबिणा श्रेष्ठ र राममाया पिया निबाचित भएको निवाचन अधिकृत दिपक भट्राईले बताए ।

क्षेत्रिय प्रतिनिधि बाट सम्भु बानिया, चिजकुमार श्रेष्ठ,दिपक कुमार श्रेष्ठ,ज्ञानकुमार चुके र हेमराज पौडेलले उमेदवारी फिर्ता लिएपछी क्षेत्रिय प्रतिनिधिहरु सर्वसम्मत भएको उनले बताए ।

नवनिवाचित कार्यसमिति तथा क्षेत्रिय प्रतिनिधिहरुलाई आजै प्रमाणपत्र बितरण गरिएको छ । निवाचन स्थलमा एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published.