विश्वकप क्रिकेटमा नेपाल दोस्रो चरणमा

काठमाडौ, माघ १६ । आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पार्दै नेपाल यू–१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा पुगेको छ । सन् २०१० र २०१४ बाहेकका हरेक संस्करणको विश्वकप खेल्दै आएको नेपाल क्वाटरफाइनल पुगेको भने २००० पछि पहिलो पटक हो । त्यसबेला नेपाल आठौं भएको थियो ।

यू–१९ विश्वकपमा २००६ नेपालका लागि सम्झनयोग्य संस्करण हो, जहाँ नेपाल यूजिल्याण्डलाई १ विकेटले हराएर प्लेट च्याम्पियन बन्यो । अन्य संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो भने २०१० र २०१४ मा छनोट नै हुन सकेन । यो पटक भने पहिलो खेलमा न्यूजिल्याण्डमाथि ३२ रनको सनसनीपूर्ण जित हात पार्दै सुखद सुुरुवात र्गयो ।

आफ्नो दोस्रो खेलमा शनिबार आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात र्पायो । अर्को खेलमा भारतले न्यूजिल्याण्डलाई १२० रनले पराजित गरेपछि नेपाल समूह चरणको अन्तिम खेल अघि नै दोस्रो चरणमा पुगेको छ । नेपाल र भारतको समान ४–४ अंक भएको छ । रन रेटका आधारमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

न्यूजिल्याण्ड र आयरल्याण्ड अंकबिहीन छन् र समूह चरणबाटै बाहिरिएका छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्नेछन्, यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । ढाकामा भएको टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र २५.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे ।

तर, योगेन्द्र सिंह कार्कीले नेपालको पारी सम्हाले । उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए । तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे । आरिफ शेख ३१ रनमा नटआउट रहे ।

यसअघि आयरल्याण्डले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । आयरल्याण्डलाई धरासायी पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले हृयाट्रिकसहित ५ विकेट लिए । उनले ३२ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published.