शहीद दिवसमा अटो व्यवसायीको रक्तदान

नारायणगढ १६ माघ । चितवन अटो मेकानिकल व्यवसायी संघले शहीद दिवसको अवसरमा नारायणगढमा रक्तादान कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा २९ जनाले रक्तदान गरेको संघका अध्यक्ष बलराम भण्डारीले जानकारी दिनुभयो । प्रत्येक वर्ष शहीद दिवसको अवसरमा गरिदै आएको कार्यक्रम यसवर्षपनि निरन्तर गरिएको उहाले वताउनुभयो ।

12647769_1141919742492504_1356550282_n

कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसायीहरु व्यवसाय गर्नेमात्रै नभई सामाजिक सेवामा पनि लाग्नु अत्यन्त राम्रो पक्ष भएको बताउनुभयो ।

रगत दान गर्दा मुत्युसंग लडिरहेका व्यक्तिलाई समेत बचाउन सकिने भएकोले आगामी दिनमा यस खालका सामाजिक भावका काममा सवै व्यवसायी लाग्नुपर्ने अध्यक्ष्ँ गौतमको भनाई थियो ।

त्यसैगरी अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष गोपाल भट्टराईले चितवनका अटो व्यवसायीहरुको समाजप्रतिको दायित्व पनि रहेकोले यस खालका कार्यक्रमले व्यवसायी आफैलाई पनि सन्तुष्टि मिल्ने वताउनुभयो । कार्यक्रममा उपस्थितहरुले आगामी दिनमा अटो व्यवसायीहरु एकजुट पनि सामाजिक सेवामा क्रियाशिल रहीरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.