बलिउड निर्देशकले गरे विल्सनको तारिफ

wilson-and-rajiv-650x330नेपाली कमेडी क्षेत्रका चर्चित कलाकार विल्सन विक्रम राई अहिले बलिउड चलचित्रमा काम गरिरहेका छन् । विल्सनले आफ्नो भूमिकाको बारेमा भने केही पनि खुलाएका छैनन् । तर, यो चलचित्रमा विल्सनको साथमा कलाकार सुनिल थापा पनि देखिनेछन् । बलिउड नायिका विपाशा वासु चलचित्रकी मुख्य कलाकार हुन् ।

यस चलचित्रका निर्देशक विनय शर्माले आफ्नो फेसबुकमा कलाकार विल्सनको तारिफ गरेका छन् । उनले विल्सनसँगको फोटो शेयर गर्दै आफूलाई प्रतिभावन कलाकारसँग काम गर्दा उत्साह जागेको लेखेका छन् । उनले आफ्नो अर्को सेड्यूलमा विल्सनसँग काम गर्नका लागि आफू उत्साहित भएको बताए ।
नेपाली फिल्म नगरिका सुपरस्टारसँग काम गर्न लागेको जानकारी विनयले आफ्नो फेसबुक र ट्विटरमार्फत जनाएका छन् । बलिउडका चर्चित निर्देशकबाट यस्तो तारिफ पाएपछि विल्सन पनि दंग छन् । ठूलो पर्दा भन्दा सानो पर्दामा जमेका विल्सनको यो चलचित्रसँगै बलिउड यात्रा सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published.