भरतपुरमा भरतको काग्रेस सभापतिमा उम्मेदवारी

प्रस्ताव सुवेदी
चितवन, १४ माघ । नेपाली काँग्रेसको १३ औं महाधिवेशन नजिकिदै गर्दा भरतपुर उपमहानगरपालीको सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । जस अन्तर्गत आज उप महानगरपालिकाको सभापतिको पदका लागि भरत अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफु उप महानगरपालीकामा काग्रेसलाई वलियो वनाई काग्रेसको निति अनुसार अगाडि वढाउन आफ्नो उम्मेद्धवारी रहेको उहाँले वताउनु भयो । भरतपुर उपमहानगरपालीकामा काग्रेसको गतिविधि कम भएका कारण यसलाई चुस्त वनाउनका लागि आफुलाई कार्यकर्ताको सुझाव वमोजिम आफुले नगरसमितिको सभापति पदमा उम्मेदवारी दिएको दाबि गनुभयो।
नगरपालीकालाई चलायमान वनाउनका लागि आफ्नो उम्मेदवारी रहेको वताउनु भयो । अहिले आफु संस्थापन पक्षको वलियो उम्मेदवार रहेको भन्दै जित सुनिश्चित रहेको समेत अधिकारीले वताउनु भयो । नगर तहमा पाटिका गतिविधिहरु कम देखिएकाले यसलाई अझ मजभूत वनाई काग्रेसको साख र गरिमालाई अझ उचाईमा पु¥याउन आफु सक्षम रहेको उहाँको दावि छ ।
नगरलाई गतिशिल वनाउदै परिवर्तित र नवीन वनाउन आफु प्रतिवद्ध रहेको सभापति पदका प्रत्यासि अधिकारीले वताउनु भयो । आफु कार्यकर्तामाझ लोकप्रिय रहेको र सवैको मत पाउने विश्वास रहेको वताउदै युवा उम्मेदवार अधिकारीले आफ्नो विजयी पछि अग्रजहरुलाइृ सम्मान र समन्वय गर्दै युवा पङ्गि संग हातेमालो गर्दै अगाडि वढ्ने प्रतिवद्धता समेत जायर गर्नु भयो ।नगर वासिले आफुलाई अत्याधिक मतले विजयी गराउने विश्वास लिएको भन्दै प्रत्यासि उम्मेदवार अधिकारीले आफु पार्टिको विधान भित्र रहेर काम गर्ने भएकाले आफ्नो प्रतिस्पर्धी कोहि नरहेको बताउनु भयो । भरतपुर उप महानगरपालिकामा युवा उम्मेदवार अधिकारी र मिलनवाबु श्रेष्ठका बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । सस्थापन पक्षका जिल्ला नेताहरु अधिकारीका पक्षमा खुलेर लागेकाले उहाँको जितको सम्भावना बढि रहेको छ । भरतपुर उप महानगरपालिकामा ९५०० नेपाली काग्रेसका क्रियाशिल सदस्य रहेका छन जस मध्ये ८० प्रतिसत सस्थापन रहेकोले अधिकारी बलियो देखिनुभएको हो।

Leave a Reply

Your email address will not be published.