आठौ संस्करणको रत्ननगर महोत्सवको आजदेखि / दिउसो १२ वजे उपराष्ट्रपति पुनले उद्धघाटन गर्ने
राजेन्द्र आचार्य
चितवन, १३ माघ । पूर्वी चितवनको रत्ननगर–७ र ८ मा पर्ने टिकौली स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि रत्ननगर महोत्सव सुरु हुदैछ ।
हरेक दुई–दुई बर्षमा आयोजना गरिदै आएको महोत्सव नाकावन्दीका कारण मिति सारेर सारेर १९ दिन पछि आज माघ १४ गतेबाट २४ सम्म महोत्सव गर्न लागिएको हो । ११ दिनसम्म चल्ने मोत्सवको महोत्सव सम्पन्न गर्न आवश्यक पर्ने आन्तरिक तथा बाह्य तयारी सबै तयारी हिजो नै पुरा गरिएको थियो । रत्ननगर महोत्सवको आठौ संस्करणको सुरु हुदैछ । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती आठौं रत्ननगर महोत्सव २०७२ कोे नेपाल उपराष्ट्रपति नन्द बहादुर पुनले दिउंसो १२ वजे उद्धघाटन गर्ने महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए । यस अघि बिहानी १० वजे पूर्वी रत्ननगर टाडीस्थित नेपाल उच्च माविको चौर देखि शोभा यात्रा सुरु भई टिकौली चौर बृहत ¥याली, झांकीसहितको प्रस्तुती रहने महोत्सवका सदस्यसचिव देवन्द्र कुमार श्रेष्ठले जानकारी दिए । भने नगरको विभिन्न ठाउमा रगंीचरगंी बनाई सिगारिएको छ । यस्तै सुरक्षा व्यवस्था पनि डा बनाईएको छ ।
रत्ननगर उद्योग बाणिज्य संघ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा हुने आठौ संस्करणको महोत्सवमा यो पटक वैकल्पिक उर्जासगै कृषि र पर्यटन विशेष बनाईएको अध्यक्ष विसुरालले बताए ।
समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा चिनिएको ‘रत्ननगर महोत्सव’ मा ९५ लाख खर्च हुने र २५ लाख रुपैया बचत गर्ने र सो रकम सामाजिक कार्यमा खर्च गरिने संयोजक विसुरालले बताए । यस्तै यसपटकको टिकट विक्रिबाट आएको आम्दानी मध्ये हरेक टिकटको २ रुपैया बालश्रम न्युनिकरणमा खर्च गर्ने योजना रहेको संघले जनाएको छ ।
महोत्सवले चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा भूमिका खेल्ने उनको भनाई रहेको छ ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाका ४ सय ५० वटा स्टल बुकिङ रहेको स्टल व्यवस्थापन समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।

यस पटकको महोत्सवमा ४ लाख पचास हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको महोत्सवका सदस्यसचिव देवेन्द्र कुमार श्रेष्ठले बताए ।
महोत्सवमा बैकल्पिक उर्जाको मात्र १५ वटा स्टलहरु राखिएको छ । माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने छ ।

महोत्सव यसपटक आकर्षक र चेतनामुलक पार्न विभिन्न साँस्कृतिक घरहरु समेत प्रदर्शन हुने नगरपालिकाका योजना प्रमुख तथा महोत्सव आयोजक समितिका सदस्य प्रकाशचन्द्र ढुंगानाले जानकारी दिए ।
देशमा उर्जाको संकट भैरहेका बेला बैकल्पिक उर्जाको बारेमा प्रचार प्रसार गर्दै नयाँ प्रविधिबारे स्थानिय र व्यवसायीलाई जानकारी दिन महोत्सव उर्जा विशेष बनाईएको महोत्सव मेला व्यवस्थापन समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
यसपटक सोलार पावर सिंचाई प्रविधि, वायो चुलो, वायो ग्याँसका विभिन्न प्रविधि र सोलारबाटै पानी मिनरल गर्ने प्रविधि प्रदर्शन हुने छ । महोत्सवमा यसपटक अर्काे आकर्षणको रुपमा केरा र माछा, पोल्ट्रि, तरकारी तथा पर्यटन रहने आयोजकले जनाएको छ ।

महोत्सवमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्र्तगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सुचना केन्द्रको प्रचार प्रसारको व्यवस्था पनि मिलाइएको महोत्सवका उपसंयोजक तथा रत्ननगर नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेलले बताए ।
२०५७ सालदेखि प्रत्येक २ वर्षमा यहा महोत्सव हुँदै आएको महोत्सव अवधिभर सौराहा विशेष प्याकेज कार्यक्रम, विभिन्न तालतलैयाको भ्रमण तथा चितवनका महत्वपुर्ण पर्यटकीय नगरीको जानकारी मुलक कार्यक्रमहरुले जिल्लाको सुस्ताएको पर्यटनलाई उकास्ने सघका पूर्व अध्यक्ष गोपाल कर्मचार्यले बताए ।
महोत्सव अन्र्तगत माघ २१ देखि २३ गते सम्म रत्ननगर नगरपालिका, टांडी चोकमा ३ दिन पोल्ट्री क्षेत्रमा चितवनलाई उत्कृष्ट जिल्ला बनाउने अवधारणा अनुरुप पोल्ट्री व्यवसायसंग सम्वन्धित कुखुराको मासु र अण्डाको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासु तथा अण्डाका विशेष परिकार सहित चिकेन एण्ड एग फेस्टिबल कार्यक्रम आयोजना समेत गरिएको फेष्टिवलका संयोजक नारायणीकाजी श्रेष्ठले बताए ।