चितवनमा सर्वाधिक धनराशीको अनन्त–गंगा पत्रकारिता पुरस्कार स्थापना (भिडियोसहित)

नारायणगढ, ११ माघ । चितवनका युवा व्यवसायी बालगोपाल चुके र दिनेशकुमार चुकेले आफ्नो बुबा ८४ वर्ष पुगेको अवसरमा ५० हजार रुपैयाँ राशीको पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।
बुबा अनन्तलाल चुके र आमा गंगामाया चुकेको नामबाट अनन्त–गंगा पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् । सोमबार स्थापना गरिएको पुरस्कार यहि माघ २७ गते नेपाल पत्रकार महासंघको साधारण सभाको अवसरमा प्रदान गरिने जनाइएको छ । उक्त राशीको पुरस्कार चितवनमा रही करिब १५ वर्ष अगाडिदेखि क्रियाशील रहेका पत्रकारलाई प्रदान गरिने छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरि प्रसाद पोखरेल र व्यवसायी बालगोपाल चुकेबीच सोमबार साँझ पुरस्कारका लागि सम्झैता गरिएको हो ।

चुके परिवारले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरी त्यसबाट आउने वार्षिक व्याजले प्रत्येक वर्ष एकजना पत्रकार सम्मान गर्ने गरि सम्झौता गरेको पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले बताए । पुरस्कार स्थापनाका अवसरमा बालगोपाल चुकेले बुबा अमाको नामबाट स्थापित पुरस्कारले पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारको मनोबल विकास गरी यस क्षेत्रमा निरन्तरताका लागि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

 

 
पत्रकारिता पुरस्कार स्थापनका क्रममा अनन्त लाल चुकेले पत्रकारिता पेशाको सम्मान र यो क्षेत्रको विकासका लागि आफ्नो नामबाट पुरस्कार घोषणा गरेको बताए । आफू पनि पत्रकारिता क्षेत्रमा कलम चलाउने व्यक्ति भएको बताउँदै चुकेले पत्रकारिता क्षेत्रको सधै सम्मान गर्ने बताए । पुरस्कार स्थापना कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका निवर्तमान अध्यक्ष जनक अर्याल, उपाध्यक्ष दीपेन्द्र बढुवाल लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.