अनेरास्ववियु क्रान्तिकारीको बालुकमारी कलेजमा रक्तदान (भिडियोसहित)

 

चितवन, ११ माघ । अनेरास्ववियु क्रान्तिकारी बाल कुमारी कलेजले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २० महिला सहित १ सय १ जनाले रक्तदान गरेका छन् ।

रक्तदान जिवनदान महादान शिर्षकको मुल नाराका साथ आयोजित कार्यक्रममा कलेजका विद्यार्थीहरुले सक्रियताका साथ रक्तदान गरेका थिए । कार्यक्रम नेकपा क्रान्तिकारि माओवादीका केन्द्रिय सदस्य ज्ञानु बस्नेत आकांक्षाको प्रमुख आतिथ्यतामा भएको हो ।

त्यस्तै कार्यक्रममा कलेजका प्रमुख शिव प्रसाद पौडेल,अखिल क्रान्तिकारीका पुर्ब केन्द्रिय अध्यक्ष तथा नेकपा क्रान्तिकारि माओवादीका विद्यार्थी फ्याक्सन इन्चार्ज सुरेश गौतम, केन्द्रिय सदस्य एंब जिल्ला अध्यक्ष प्रकाश कंडेल, केन्द्रिय सदस्य एवं जिल्ला उपाध्यक्ष अमृत चापागाइ, केन्द्रिय सदस्य दिपेन्द्र लामिछाने, जिल्ला उपाध्यक्ष एंब कलेज इन्चार्ज दिपक पोखरेल, जिल्ला सचिव अमित सापकोटा अविरल, सहसचिव अविनाश रम्तेल लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रम संगठनका इकाइ उपाध्यक्ष रुपक पोखरेलको संयोजकत्व र अध्यक्ष अनुज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।