मानवसेवा आश्रमलाई प्रहरी श्रीमतीसंघको सहयोग (भिडियोसहित)

चितवन ११ माघ । कष्टकर जिवन गुजार्न बाध्य भएकाहरुको उद्धार तथा पालनपोषण गर्दै आएको मानव सेवा आश्रम चितवनलाई मध्य क्षेत्रिय प्रहरी श्रीमती संघले खाद्यान्न र लत्ताकपडा तथा भाँडाबर्तनहरु सहयोग प्रदान गरेको छ ।

मानवसेवा आश्रमको कार्यालय भरतपुरमा पुगेर सोमबार श्रीमती संघले सहयोग सामाग्री हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै संघकी अध्यक्ष रोषी अर्यालले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताईन्।
संघबाट आश्रममा आश्रीत भएर बसेकाहरुका लागि १५ थानका दरले सिरक, डसना, तन्ना, सिरानीसँगै केही कुर्सी, बाल्टिन सहयोग उपलव्ध भएको आश्रमकी अभियान्ता रुपा केसीले जानकारी दिईन् ।

यस्तै सोही क्रममा संघ मार्फत प्रहरीका श्रीमतीहरुले ३ कुन्टल बढी चामल, २० किलो दाल, १५ लिटर तेल, १० किलो चिनी, चियापत्ती, साबुन लगायतका सामाग्री सहयोग गरिएको थियो ।

। कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव वविता शर्मा, उपाध्यक्ष कमला थापा,कोषाध्यक्ष रजनी भण्डारी, मध्ये क्षेत्रीय प्रहरी श्रीमती संघकी अध्यष गोमा सुवेदी लगायत ले आश्रममै आएर सहयोग प्रदान गरेका हुन्।

 

मनव सेवा आश्रमका संयोजक रामजी अधिकारीले आश्रमका बारेमा जानकारी दिएका थिए । हाल चितवनको कानव सेवा आश्रममा सडकबाट उद्धार गरिएका ३३ जनाले आश्रय लिएर बसिरहेका छन् । यसमा १० पुरुष र ३ बालबालिका छन् ।

कुनैपनि मान्छेले सडकमा कष्टकर जीवन विताउनु नपरोस् भनेर अभियानमा लागेको मानवसेवा आश्रमले नेपालका विभिन्न क्षेत्रको सडकपेटीबाट अहिलेसम्म ४ सय जनाको उद्धार गरेको छ ।

Leave a Reply

Your email address will not be published.