भ्यालेन्टाइन डे मा सौराहा फुड फेस्ष्टिवल, पर्यटकलाई छुटैछुट (भिडियोसहित)

राजेन्द्र आचार्य

सौराहा, १० माघ । प्रत्येक बर्ष भ्यालेन्टाइन डे(प्रेम दिवस) को अवसर पारेर सौराहामा आयोजना हुदैं आएको सौराहा फुड फेष्टिबल को तयारी तिब्र पारिएको छ । फेष्टिबल हुने परिसर सौराहको हाटल रोयल सफारीमा आयोजित पत्रकार सम्मेलनमा फेष्टिवलको ४० तयारी सम्पन्न भईसकेको फेष्टिबलका संयोजक नरेश गिरीले बताए । यस बर्ष फेष्टिबल माघ २८ गते देखि फागुन ३ गतेसम्म चल्नेछ ।1
उनले भने यस पटक फुड फेष्टिबललाई गत बर्ष भन्दा भव्य वृहत रुपमा सौराहा ब्राण्डका रुपमा चिनाउन लागेको बताएका छन् । यस पटक फेष्टिवल हुने समय नै हेरफेर फेष्टिबल भव्य बनाउ“दै छौं जसले सौराहको ब्राण्ड बनाउनेछ । यस्तै यो पटकको फेष्टिवल सौराहा स्थित रत्ननगर नगरपालिकाको सार्वजनिक सिसवार खेल मैदानमा हुने भएकोले समेत थप रौनबक थपेको उनले बताए ।

 

५ दिनसम्म हुने फेस्टिवलमा यो पटक पत्रकारहरुको लागी थारु जतिको चिचर खाने प्रतियोगितासगै पर्यटक दौड, वेटर रेस, प्रेमपत्र लेखन लागायतका प्रयिोगिता हुने एबं आर्कषणको रुपमा फेष्टिबल अबलोकन गर्न आउने उत्कृष्ट एक जोडीलाइ सम्मान गर्ने कार्यक्रम रहेको छ । भने यो पटक देखि कैचडी, चुड्का, रत्यौली र गृहणी विच नुत्य प्रतियोगिता थप गरिएको आयोज संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान सौराहा) का अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए । साथै सौराहा नगरीको सरसफाई र विभिन्न धोजा पतकाले सिगारने काम समेत शुरु भईरहेको छ ।2

सिसवार खेल मैदानमा हुने फेष्टिवलमा दैनिक रुपमा २० हजार बढी दर्शकले अबलोकन गर्न लक्ष्य रहेको माहासचिव दिपेन्द्र खतिवडाले जानकारी दिए । फेष्टिबलको आर्कष्णको रुपमा दैनीक रुपमा राष्ट्रिय तथा स्थानीय स्थरका कलाकारसहितका ख्याति प्राप्त कलाकारहरुले संगीतिक प्रस्तुतीसगै आदीवासी थारुको नुत्य र झम्टा नाच सहित कला संस्कृतिको नाचहरु, चुडका भजन तामाङ्ग सेलो, खैचडी नाचर पन्चेवाजा लगाएतका बिशेष प्रस्तुती समेत रहने रेवानका सचिव कपिल रेग्मीले जानकारी दिए । फेष्टिपलमा ४० लाख बढी खर्च हुने र २ करोड बराबरको आर्थिक कारोबार हुने बताइएको छ ।
फेस्टीवलमा ६० वटा बढी स्टलहरु समेत रहनेछ ।
फेष्टिवलमा आउनेलाई छुटैछुट

दशौ सस्करणमा आयोजना गरिने सौराहा फुड फेष्टिवलमा आउने पर्यटकलाई छुटै छुटको व्यवस्था गरिएको रेवान सौराहाले जनाएको छ ।
फेष्टिवलमा सहभागी हुने पर्यटकहरुलाई खाना र होटलमा १५ प्रतिशत छुट, निकु१ज सफारीको जीप लबुकमा फुल डेमा ७ सात, हाफ डेमा ५ सय र प्रतिव्यक्तिलाई एक सय रुपैया छुट व्यवस्था गरिएको रेवान कोषाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए । यस्तै युनाईटेड हात्ती सञ्चालन सहकारीको हात्ती सयरमा १५ प्रतिशत र साना पर्यटन व्यवसायीहरुको उपहार पसलहरुमा २० प्रतिशत छुट व्यवस्था गरेको उनले बताए ।4

सामाजिक काम लगानी गरिदै
विगतमा जस्तै यो बर्ष पनि फेष्टिवलबाट भएको बचतले रेवानले विभिन्न सामाजिक काम गर्ने प्रतिवद्धता जनाएको छ । उज्यालो सौराहालाई निरन्तरता दिदै ३० रुपैया मुल्य तोकिएको फेष्टिवलको टिकटबाट आएको आम्दानीको ५० प्रतिशत कला संस्कृति संरक्षण र बाकी बाल श्रमिक न्यूनिकरण, सडक बाल बालिका पुर्नस्थापना र खेल मैदान व्यवस्थापनमा लाई क्रमश १०÷१० गरि ३० प्रतिशत र २० प्रतिशत स्थानिय क्लबलाई वितरण गरिने अध्यक्ष भट्टले बताए ।

Leave a Reply

Your email address will not be published.