पोल्ट्री सप्लायर्स कल्णकारीद्धारा ५० हजार राहत प्रदान

 

चितवन, १० माघ । नेपाल पोल्ट्री सप्लायर्स कल्णाणाकारी संघले दुर्घटनामा परि मुत्यु भएको आफ्नो सवारी चालकलाई राहत प्रदान गरेका छ ।

पोल्ट्रीजन्य वस्तुहरू ओसारपसार गर्ने व्यवसायीहरूको पेशागत हक, हित र विकासमा समर्पित हुदै नवलपरासीको दुम्कीबासमा दुर्घटनामा परी मुत्यु भएका चितवन कुखुरा तथा अण्डा सप्लायर्सको बा १२ च ६७०३ का चालक भरतपुर–१ रामनगरका उत्तम चापागाईको परिवारलाई राहत प्रदान गरेको हो । चापागाईका परिवारलाई राहत स्वरुप पचास हजार रूपैयाको चेक कल्याणकारी संघका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेले मृतकका काका भीमलाल चापागाईलाई एक समारोहका वीच हस्तान्तरण गरेका थिए ।

कल्णाकारी संघले सदस्य व्यवसायीहरूको हक, हित र विकाससग व्यवसायीहरूका सवारी साधान गाडीका चालक तथा सहचालकहरूले सदस्यहरूको गाडी चलाइ रहेको अवस्थामा गाडी दुर्घटना भइ मृत्यु भएमा निजका परिवारलाइ राहत स्वरूप आर्थिक सहयोग गर्ने व्यवस्था अनुसार राहत प्रदान गरेको पाण्डेले सो अवसरमा जानकारी दिए ।

गत पौष २९ गते नवलपरासीको दुम्कीवासमा दुर्घटनामा चापागाईको मुत्यु भएको थियो ।

सो अवसरमा मृतक चापागाईको दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनहरू प्रति हार्दिक समवेदना समेत प्रकट गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृषणहरी लोहनी, बरिष्ठ उपाध्यक्ष जयकृष्णा सापकोटा, उपाध्यक्ष हरिशरणा लोहनी, महासचिव रामकृष्ण अर्याल, कोषााध्यक्ष सुमन जोशी, सदस्य महेश्वर पोखरेल, बिरवहादुर गुरूड, श्रीकृष्ण तिमिल्सेना, संस्थापक अध्यक्ष भुवनलाल जोशी, सल्लाहकार  तारानाथ कुवंर, कार्यकारी अधिकृत शिवप्रसाद बरालको सहभागिता रहेको थियो ।

8
संघले सदस्य व्यवसायीहरूका गाडी दुर्घटना भई कुखुरा चल्ला नष्ट भएमा तत्कालिन बजार मूल्यका आधारमा ८५ प्रतिशत क्षतिपूर्ती र गाडी दुर्घटनाको १५ हजार रूपैया क्षतिपूर्ती दिने, सदस्य व्यवसायीहरूलाई आइ पर्ने समस्या समधानका लागि पहल गर्ने, व्यवसाय प्रवद्धर्न गर्ने उद्देश्यले वैदेशिक भ्रमणहरूको आयोजना गर्ने र संघको आय आर्जनको ५ प्रतिशत रकम सामाजिक क्षेत्रमा सहयोग गर्ने जस्ता कामहरू गर्दै आइरहेको छ । यस संघमा १ सय ५० वटा गाडी आवद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published.