राष्ट्रिय बाणिज्य बैंकले बृद्धबृद्धाहरुलाई खाना खुवायो

प्रकाश सिग्देल
चितवन, १० माघ । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनले देवघाट स्थित रोटरी करुणालयका बृद्ध बृद्धाहरुलाई खाना खुवाएको छ । बैकंको ५१ औ बार्षिकउत्सवको अवसर मा आईतवार बैकं प्रवन्धक सहित पुगेको र्कमचारीको टोलीले देवघाट करुणालयमा आश्रीत १०० बढि बृद्ध,बृद्धालाई खाना खुवाएको हो ।

परिवार बाट टाडा रहेका बृद्ध आमा बुबाहरु संग संगैै बसेर खाना खादा उनिहरुलाई आफनै सन्तानको अनुभुती हुने हुदा कर्मचारी सहित बृद्ध आमाबुबाहरु संग खाना खाने कार्यक्रम गरेको बैंकका प्रवन्धक हेमराज मरहठ्ठाले बताए । बैकको स्थापना दिवसको दिन बृद्ध आमा बुबाको आसिस लिदा आगामि दिनमा अझै बढि सामाजीक काम गर्न सक्ने र बैकं सेवाग्राही प्रति थप जवाफदेही बन्ने उनको बिश्वास छ ।

हिन्दु संस्कारमा बृद्ध बृद्धाको कल्याण र सम्माननै उच्चतम कार्य हुने भनिएकाले यस्ता कार्यले आत्म सन्तुष्ठि मिल्ने र आटेको पुग्ने उनि बताउछन् । बैकले बृद्धा बृद्धहरुसंग सामिप्यता कार्यक्रम अन्त्रगत आगामी दिन पनि यस्ता कार्यक्रमहरु गर्ने बैकका आई टि ईन्जिनिर्यस प्रशान्त गौडेलले बताए ।

करुणालयमा करिव ३६ जना बृद्ध बृद्धाहरु रहेका छन् भने हरेक दिन सो क्षेत्र आसपासमा रहेका बृद्ध बृद्धाहरु खाना खानको लागी करुणालयमा जाने गरेका छन् । करुणालय बिभिन्न सामाजिक मनहरुको सहयोगमा सञ्चालन हुदै आएको छ । त्यहा बिवाह उत्सव ,जन्मोत्सव मनाउनका लागी सर्वसाधारणहरु पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.