फिस्लिंगमा दुर्घटना, एकको मृत्यु, २५ घाईते

चितवन, १० माघ । चितवनको फिस्लिंगमा तीन वटा गाडी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अन्य २५ जना घाईते भएका छन् । आज करिव साँढे १० बजेतीर उक्त दुर्घटना भएको हो ।

घाईते मध्ये ५ जनाको अबस्था गम्भिर रहेको र सबै घाईतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो । मृत पुरुषको सनाखत हुन सकेको छैन ।

उहाँका अनुसार मुग्लीनबाट काठमाडौ जाँदै गरेको ना ४ ख ९८७१ नम्वरको ट्रक र कावासोतीबाट काठमाडौ जाँदै गरेको ना १ ज ५००० नम्वरको माईक्रो तथा काठमाडौबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८७२५ नम्वरको बस एक आपसमा ठक्कर खाएको हो ।

ट्रकलाई माईक्रोले उछिन्न खोज्दा विपरित दिशाबाट आउँदै गरेको बसमा ठोक्किएको प्रहरीले जनाएको छ । बसमा माईक्रो ठोक्किएपछि पुन ट्रक माईक्रोको पछाडी ठोक्कीन पुगेको प्रहरीले जनाएको छ । तस्वीर सौजन्य : पत्रकार राजु चौधरी

Leave a Reply

Your email address will not be published.