निकुञ्जका गैंडामा सेटलाईट रेडियो कलर जडान

बर्दिया,१० माघ । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका दुईवटा गैंडामा सेटलाईट रेडियो कलर जडान गरिएको छ ।
भारतको कर्तनियाँघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने खाता जैविक मार्गको शिव सामुदायिक वनमा रहेका गैंडामा सेटलाईट रेडियो कलर जडान गरिएको हो ।
सेटलाईट रेडियो कलर जडान गरिएका गैंडालाई विश्वको जुनसुकै स्थानबाट पनि अनुगमन गर्न सकिने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।
यसअघि पनि यहाँंका दुई वटा गैंडामा सेटेलाईट रेडियो कलर जडान गरिएको थियो । सेटलाईट कलर जडानबाट गैंडाको बासस्थान लगायतका विषयमा जानकारी लिने र संरक्षणमा सहयोग पुग्ने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published.