शहीद सप्ताह आजबाट सुरु

चितवन, १० माघ । यस वर्षको शहीद सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।
तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने शुक्रराज शास्त्रीलाई विक्रम संवत १९९७ साल माघ १० गतेका दिन टेकुको पचलीमा रहेको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते फाँसी दिइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानिएको थियो । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.