सौराहा फुड फेष्टिवल बारे आज पत्रकार सम्मेलन

राजेन्द्र आचार्य
चितवन, १० माघ । तपाई भ्यालेन्टाइन डे(प्रेम दिवस) को अवसर पारेर आफ्नो बालबालिका सति सौराहामा जादै हुनुहुन्छ । अब त्यसो ढुक्क भए हुन्छ । यस बर्ष देखि भ्यालेन्टाइन डे(प्रेम दिवस) को अवसर पारेर सौराहामा आयोजना हुन लागेको सौराहा फुड फेष्टिबलमा बाल उद्यान समेत राखिने भएको छ । जहां बालबालिकाहरुलाई रमाउने विभिन्न खेलहरु खेल्न पाउनुहुनेछ ।

‘प्राकृतिक सौन्दर्य सौराहा चितवनकोे बिशेषता भन्ने मूल नाराका आयोजना हुने फुड फेष्टिवलमा दर्शकश्रोतहरुमा चाहानालाई मध्ये नजर गर्दै बाल उद्यान समेत राखिने भएको दशौ सौराहा फुड फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिए । सौराहा ब्राण्डका रुपमा फेष्टिबललाई चिनाउन लागेका छौ रेवान अध्यक्ष लालबाहादुर भट्टले भने । विभिन्न खानाका परिकारहरुसगै खेलको मनोरञ्जन लिन रमाउन पाईनेछ । भने फेष्टिवल बारेमा आज दिउसो पत्रकार सम्मेलन गरेर जानकरी गराईने समेत उनले बताए ।

यस बर्ष फेष्टिबल माघ २८ गते देखि फागुन ३ गतेसम्म चल्नेछ । ५ दिनसम्म हुने फेस्टिवलमा यो पटक पत्रकारहरुको लागी घैटौ फुटाउने प्रतियोगितासगै पर्यटक दौड, वेटर रेस, डोरी तान्ने, प्रेमपत्र लेखन लागायतका प्रयिोगिता हुने एबं आर्कषणको रुपमा फेष्टिबल अबलोकन गर्न आउने उत्कृष्ट एक जोडीलाइ सम्मान गर्ने कार्यक्रम रहेको छ । भने यो पटक देखि कैचडी, चुड्का। रत्यौली र गृहणी विच नुत्य प्रतियोगिता थप गरिएको अध्यक्ष भट्टले जानकारी दिए । साथै सौराहा नगरीको सरसफाई र विभिन्न धोजा पतकाले सिगारने काम समेत शुरु भईरहेको छ ।
सिसवार खेल मैदानमा हुने फेष्टिवलमा दैनिक रुपमा ख्याति प्राप्त कलाकारहरुले संगीतिक प्रस्तुतीसगै आदीवासी थारुको कला संस्कृतिको नाचहरु, चुडका भजन पचेवाजा पनि रहने रेवानका पूर्व अध्यक्ष सिताराम कुमालले जानकारी दिए । चार दिन सम्म चल्ने प्रतियोगितामा ३५ बढी लाख खर्च हुने १ करोड बढि कारोबार हुने फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिए । फेस्टीवलमा ६० वटा स्टल समेत रहनेछ ।

Leave a Reply

Your email address will not be published.