भिआईपी हव होटल सेभेन स्टारलाई ट्राभलर च्वाईस अवार्ड
चितवन, ०९ माघ । पर्यटकीय नगरी सौराहाको एक मात्र स्टार होटलका रुपमा परिचित होटेल सेभेन स्टार ट्राभलर च्वाईस अवार्ड प्राप्त गर्न सफल भएको छ ।
स्वदेशी र विदेशी पर्यटकहरुको आर्कषणको केन्द्र रुपमा परिचित होटलले स्थापनाको छोटो अवधीमा नै होटेल सेभेन स्टार ट्राभलर च्वाईस अवार्ड प्राप्त गर्न सफल पहिलो होटल समेत बनेको छ ।
अवार्ड घोषित भएसथै होटेल सेभेन स्टार नेपालका होटलहरु मध्येबाट टप टेन भित्र समेत पर्न सफल भएको छ ।
भिआईपी हवका रुपमा परिचित समेत बनेको होटललाई यहांका आएका पाहुनाहरुले दिएको सुझावको आधारमा ट्रिप एडभाईजर नामक संस्थाले ट्राभलर च्वाईस अवार्ड पनि प्रदान गरेको होटलका प्रबन्ध निर्देशक माधव दवाडीले जानारी दिए।
यो अर्वाड हामीलाई थप उत्साह थपेको छ, प्रबन्ध निर्देशक दवाडीले भने हाम्रो सेवा प्रति पाहुनाहरुले दिएको अपाहर माया हो, अब थप उचाई हामी पुग्नेछौ ।
यस अवार्डले सन् २०१६ मा चितवनको सौराहा पुग्ने पर्यटकहरुले बस्नै पर्ने होटेलको रुपमा चिनाउछ ।
पर्यटक राख्न सक्ने क्षमता, सेमीनार हललगायतको अवस्थाले सौराहाकै ठूलो होटेलको रुपमा यस होटेल पर्छ । होटेलको वातावारणले नै जोकोही पर्यटकलाई पनि लोभ्यान सक्छ ।
यस होटेल स्थापना भएको मात्र दुई वर्ष पुरा भएको छ ।
नेपालका टप १० होटलमा पाटनसहित काठमाडौं उपत्यकाका ६ र पोखराका दुई होटल परेका छन् ।
विश्वकै उत्कृष्ट होटलमा भने भारत जोधपुरको उम्मिद भवन प्यालेस परेको छ । यस्तै सोही अवार्ड सौराहाकै अर्को होटल ल्याण्डमार्क फरेष्ट पार्क पनि टप टेनभित्र पर्न सफल भएको छ ।
तस्वीर : होटल सेभेन स्टारको वेवसाईट