भरतपुरका तीन वडामा गैडा आतकं

प्रकाश सिग्देल
चितवन, ०९ माघ । भरतपुर ५, ६ र १३ नम्ब्र वडाका स्थानिय बासिन्दाहरु गैडा आतंकका कारण समस्यामा परेका छन् ।
सो वडाको लक्ष्मीपुर, लंकु, यज्ञपुरी आनन्दपुर लगायतको बस्तिमा पुगी हरेक रात आधा दर्जन बढि गैडाले खेतीबाली नष्ट गर्न थालेको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन् ।
भरतपुरको नगरवन क्षेत्र र ज्ञानेश्वर आसपास बाट हरेक साझ बस्ती पस्ने गैडाका कारण बालिनालीमा ठुलो क्षती पुग्नुका साथै ज्यानै जोगाउन मुस्किल हुने गरेको स्थानिय बासिन्दा बाल चन्द्र भट्राईले बताए । पछिल्लो केहि हप्तादेखि लगातार राति बच्चासहित बस्ति छिर्ने गैडाले गहु, तोरी, राजमा लगायतको अन्नबाली पुरै नष्ठ गर्ने गरेको सोभा प्रसाद आचार्यले बताए ।
वर्ष भरिलाई खानको लागी लगाएको अन्नपात एकै रातमा पुरै गैडाले ध्वस्त बनाउदा मानसिक तनाबका साथै ठुलो आर्थीक क्षती भएको उनको भनाई छ ।
गैडाले गोठमा पसेर गाईबस्तु माथी पनि आक्रमण गर्न सक्ने र घरमा केटाकेटि तथा बृद्ध बृद्धा पनि बस्न नसक्ने अवस्था सृजनाभएको स्थानिय गंगाराम पौडेलले बताए ।
आफना छोराछोरी भन्दा गैडा ठुलो हुन नसक्ने भन्दै उनिहरुले सरकारले गैडाको संरक्षण गर्न नसके त्यबाट हुने क्षतीको जिम्मेवार समेत सरकारनै हुनु पर्ने बताएका छन् । आफना केटाकेटिलाई भोकै राखेर गैडाको संरक्षण गर्न नसकिने शोभा प्रसाद आचार्य बताउछन् ।
सरकाले गैडाको तत्काल ब्यवस्थापन नगरे आक्रमक रुपमा प्रस्तुत हुन बाध्यहुनु पर्ने भन्दै स्थानिय प्रसासनलाई सचेत हुन उनिहरुले आग्रह गरेका छन् ।
गैडाका कारण सो क्षेत्रको सयौ बिगाहा जमिनको अन्नबालि नष्ठ भएको स्थानिय बासिन्दा श्रीकान्त कंडेलले बताए ।
यसैबिच गैडाले दुख दिएको भन्दै स्थानिय बासिन्दाहरुले सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष सुरबिर पोख्रेल र जिल्ला वन कार्यलयका प्रमुख संग गैडाको ब्यवस्थापन गरिदिन माग गरेका छन् ।
गैडाको तत्काल ब्यवस्थापन नभए त्यबाट आईपर्ने क्षती को सामना गर्न तयार रहन उनिहरुले आग्रह समेत गरेका छन् । भेटका क्रममा पोख्रेलले चितवन राष्ट्यि निकुञ्ज, जिल्ल वननकार्यालय लगायत संरक्षणका क्षेत्रमा काम गर्ने निकाय र सरोकार वाला बसेर छलफल गरि समस्या समाधान गरिने जवाफ दिए ।
चितवन राष्ट्यि निकुञ्जमा चरन क्षेत्रको अभाव भएपछि निकुञ्जबाट गैडाहरु मानव बस्ति र खेती बाली तर्फ छिर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published.